दिपक वली/घोराही बिहिबार, जेठ २४, २०८१

दाङ । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु व्यवस्थापन संयोजकमा राजन अधिकारी नियुक्त भएका छन् ।

आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई.अनन्तराज घिमिरेले जानकारी दिए । शिक्षण पेशामा १४ बर्षको लामो अनुभव बटुल्नुभएका र अंग्रेजि विषयमा मास्टर्स गर्नुभएका राजन अधकिारीले विद्यालयको व्यवस्थापन संकायलाई उच्च व्यवस्थापन गुणस्तरका साथ संचालन गर्नुहुने छ भन्ने विश्वास समेत अध्यक्ष घिमिरेले गरेका छन् । २०७२ सालबाट संचालनमा आएका विद्यालयको ब्यापक सफलता पछि २०७८ सालबाट प्लस टु संचालनमा ल्याएको थियोे ।

त्यस्तै नव नियुक्त संयोजक अधिकारीले पदभार ग्रहण गर्दै विद्यालयले दिएको जिम्मेवारी पुरा गर्ने र प्लस टु व्यवस्थापन संकायलाई वृहत रुपमा उच्च गुणस्तर शिक्षाको हवको रुपमा लैजाने र सबै अभिभावकको रोजाईमा पर्ने गरी अगाडि बढाउने बताए । साथै उनले गुरुकुलमा भर्ना भई सकेपछि विद्यार्थीले नेतृत्व गर्न सक्ने क्षमताका साथ गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए । गुरुकुल एकेडेमीमा प्लस टुको लागि विज्ञान तथा व्यवस्थापन संकायमा प्री रजिष्ट्रेशन पनि खुलेको बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]