
Bs1
Ssbus
Ssbus
nsm
Sssbus1
Gsl
Pbu
tssbus
ssbus
Ssbus
Sssbus1

Vor
Rgs
Ggd
Sbs
Sls
Bbu
Ksm
Asm
Gst
Rgu
Rgu
nsb
Ssm
Tsm
Bbbpu
Pvg
Hal
Wsp
Rsb

Ptm
Mks
bbt
Gsb
Pls
Rpp
Jmb
Jmb
Abd
Rmb
sab
Syp
Bml
दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले देशमा वैदेशिक हस्तक्षेप डरलाग्दोगरी बढेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले शुक्रबार आज घोराहीमा आयोजना गरेको पत्रकार भेघाट कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष नेपालीले नेपाल भारत,अमेरिका लगायत देशको प्रयोगशाला बन्ने खतरा औँल्याए ।
उनले यसअघि नेपालमा चर्को भारतीय हस्तक्षेप रहेकोमा सहायताका नाममा अमेरिकी परियोजना एमसीसी स्वीकार गरेपछि अमेरिका पनि प्रत्यक्षरुपमा नेपालमा आएको बताए । नेपालीले नेपालले विदेशबाट ऋण ल्याएर बजेट बनाउने गरिएको उल्लेख गर्दै त्यही बजेटको समेत सदुपयोग हुन नसकेको स्पष्ट पारे । संघीयता र भ्रष्टाचारका कारण मुलुक झन् झन् खोक्रो बन्दै गइरहेको उनको भनाई छ । भ्रष्टाचारका कारण विकास निर्माण ठूला योजना अलपत्र पारिएको भन्दै आपत्ति जनाए । फरक प्रशंगमा कार्यकारी अध्यक्ष नेपालीले प्राकृतिक श्रोतसाधनको दोहन भइरहेकोले जलवायु परिवर्तनको चर्को असर देखिएको बताए ।
कार्यक्रममा राजमो दाङका अध्यक्ष गणेश आचार्यले भ्रष्टाचार र महंगीले आकाश छोएको बताए । मिटरब्याज र छिनुवा पासका नाममा नागरिकहरुको घरबास नै उठेको भन्दै उनले त्यसविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिए । यस्तै,विकास निर्माणमा भइरहेका अनियमितता, ढिलासुस्ती,किसानलाई मल बिउको व्यवस्था गर्न मागसहित संघीयताको खारेजी र भ्रष्टाचारविरुद्ध राजमोले जनपरिचालन गर्ने बताए ।
राजमो दाङले विभिन्न स्थानीय समस्याहरु समेटेर स्थानीय तहलाई ज्ञापन पत्र बुझाउने छ । यस्तै, जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।
यसैगरी जेठ ३२ गते घोराहीमा कोणसभा गर्ने कार्यक्रम तय भएको छ । राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षता र मनिराम खनालको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहाकार सुरेश थापाको समेत अतिथ्यता रहेको थियो ।

