
sbs
Srbpu
Unsku
Djs
pku
Gfs
Pes
Pbu
Lnp
Rgp1
Sgr
Ggp
cjs
Rgp

Ksm
Tsm
Sls
nsb
Bbbpu
Vor
Hal
Wsp
Asm
Bbu
Sbs
Rgu
Rsb
Pvg
Gst
Rgu
Ssm
Rgs
Ggd

Bml
Abd
Syp
Jmb
Gsb
Jmb
bbt
Pls
Ptm
Rmb
Mks
Rpp
sab
दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ खबरी गाउँकि २८ वर्षीय आरति रोका मगर भारतको गुजरातमा विगत एक वर्षदेखि डाइलासिस गर्दै आइरहेकि छिन् ।
भारतको गुजरात भल्सार जिल्लाको वापिको कोलिवारमा बस्दै आएकि आरति पहिले वैदेशिक रोजगारको सिलसिलामा दुबई गएको समय उनको मृगौलामा समस्या देखिएको थियो ।
दुबईमा गएको समयमा स्वास्थ्यमा समस्या आएपछि उनले त्यहाँको एक मेडिकलमा स्वास्थ्य चेकजाँच गराएकि थिइन् । चेकजाँच गराएपछि उनको मृगौलामा समस्या देखिएको थियो । त्यसपछि उनले डाक्टरको सुझाव अनुसार औसधि खादै आएकि थिइन् । तर पछि नेपाल फर्केर उनी भारतको गुजरातमा गएर चेक गराउदा दुवै मृगौला ड्यामिज भएको प्रमाणित भएपछि उनले अहिले भारतको गुजरात वापी रेम्बो हस्पिटलमा डाइलासिस गर्दै आएकि छिन् ।
त्यस्तै आरतिले विगत एक वर्षदेखि निरन्तर हप्तामा २ पटक डाइलासिस गर्ने गर्छिन् । डाइलासिस गर्दा एकपटकमा आइसी भारु २५०० सय रुपैयाँ खर्च लाग्ने गरेको उनकि बुवा धनिराम रोका मगरले जानकारी दिए । डाक्टरका अनुसार आरतिको मृगौला प्रत्यारोपण गर्नका लागि ५ लाख भारतीय रुपैयाँ भए मृगौला ट्रान्सफर गर्न सकिने समाजसेवी मोहन बिक जानकारी दिए । अहिले आरतिलाई अस्पताल लैजाने र ल्याउने कार्य मोहनले गरिरहेका छन् । भारतको त्यो बिरानो सहरमा अहिले नजिकको आफन्त भनेकै राजपुर-३ करङ्गाका मोहन बिक रहेका छन् ।
त्यसैगरी अहिले आरतिको उपचारका लागि भारतको गुजरातमा रहेको नेपाली एकता समाजसंग सहयोगको याचना गरिएको छ । यस्तै मृगौला प्रत्यारोपण गर्नका लागि देश बिदेशमा रहनु भएका आम नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सक्दो सहयोग गर्नका लागि आरतिको परिवारले आग्रह गरेको छ ।
सम्पर्कका लागि निम्न भारतीय नम्बरहरुमा सम्पर्क गर्न सकिने छ । +917383710417,आरतिको बैंक एकाउन्ट नम्बर 923010060102541,मोहन बिक +919173717648 सहयोग गर्न चाहने व्यक्तिले यी नम्बरहरुमा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुनेछ ।
