
tssbus
Sssbus1
Pbu
Gsl
Ssbus
nsm
Ssbus
Bs1
ssbus
Sssbus1
Ssbus

Pvg
Rgs
nsb
Ksm
Rgu
Rsb
Gst
Bbbpu
Rgu
Bbu
Asm
Sbs
Ggd
Tsm
Sls
Vor
Ssm
Hal
Wsp

Pls
Rmb
Gsb
Bml
Jmb
bbt
sab
Mks
Syp
Abd
Rpp
Jmb
Ptm
काठमाडौं । आज काठमाडौं उपत्यकामा नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध विरोध प्रदर्शन गर्दैछ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्ने तयारी गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ ।
त्यस्तै काठमाडौंका १० क्षेत्रअनुसार क्रमश: उमेशजंग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ ।
यस्तै ललितपुरका ३ क्षेत्रमा क्रमश: दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् । काठमाडौंपछि प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको काङ्ग्रेसले जनाएको छ ।
