
Bksbus5
Ssbus
Ratbs
Jsbus
Rbs
Nssbus7
Amb
Csbus
Gsbus
Pbu
gms
dsbus
Ddhbs
Gsl

Rgs
Ggd
Rgu
Ssm
Bbbpu
Hal
Rgu
nsb
Ksm
Rsb
Wsp
Tsm
Sls
Vor
Bbu
Pvg
Gst
Sbs
Asm

Pls
Syp
Abd
Bml
sab
Rmb
Mks
Rpp
Ptm
bbt
Gsb
Jmb
Jmb
दाङ। घोराही उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको विभिन्न चोक चोकमा छुट्टा छुट्टै ब्यबसाय गरेका छन ।
सैद्धान्तिक शिक्षा मात्र नभएर व्यवहारिक शिक्षाको पनि अनुभव गराउन विद्यालयले विद्यार्थीहरुलाई ब्यबसायमा खटाएको हो । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थी विभिन्न चोकमा ब्यापार गर्न ब्यस्त थिए । कुनै चोकमा पानीपुरी,कुनैमा मकै ,कुनैमा खरबुजा,कुनैमा लस्सीको ब्यापार गरेको देख्न सकिन्थ्यो । कसैले ग्राहक बोलाउन ब्यस्त थिए त कसैले हिसाव गरिरहेका थिए ।
त्यो कुनै बास्तविक ब्यबसाय नभएर घोराहीमा रहेको गुरुकुल एकेडेमीले पढाईसंगै व्यवहारिक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको ब्यबसाय थियो । २०७२ सालबाट संचालनमा आएको गुरुकुल एकेडेमीले सुरुवातिबाट नै आफ्नो विद्यार्थीहरुलाई यस्ता अतिरीक्त क्रियाकलापमा सहभागि गराउदै आएको छ । शिक्षामा पढाईले मात्र बास्तविक जिवनमा भोगिने कुराहरुलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यस्ता काम गरि व्यवहारमा उतार्ने उद्धेश्यका साथ बजारका विभिन्न ७ वटा चोकमा विभिन्न ब्यबसाय गरिएको विद्यार्थीहरुले बताएका छन ।
कक्षा ११ ब्यबस्थापन संकायमा अध्यनरत विद्यार्थीहरु यो कृयाकलापमा सहभागि भएका थिए । विद्यार्थीले आफ्नै लगानिमा यो ब्यबसाय संचालन गरेका हुन । जसबाट फाइदा आएको रकम कुनै सामाजिक कार्यमा लगाउने कक्षा ११मा अध्ययनरत छात्रा बिनिता थापाले बताइन । गुरुकुल एकेडेमीका विद्यार्थीहरुले उत्पादन गरेका विभिन्न प्रकारका खानेकुराहरु ग्राहकहरुले पनि उतिकै मन पराएका छन । विद्यार्थीहरुले बनाएको खाने कुरा खादै ग्राहक नेव बहादुर केसीले विद्यार्थीहरुको कामको प्रशंसा समेत गरेका थिए ।
गुरुकुल एकेडेमीमा अध्यनरत विद्यार्थीहरुको यो कृयाकलाप प्रति अभिभावकहरु पनि निकै उत्साहित हुदै आगामी दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिनुपर्ने अभिभावक किरण रेग्मीले बताए । विद्यार्थीको यो ब्यबसाय गर्ने कला र उनिहरुको काम प्रति विद्यालय पनि निकै खुसि भएको छ ।
शिक्षासंगै व्यवहारिक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफुहरु सफल भएको र जुन उद्धेश्य लिएर काम गरिएको थियो त्यो पुरा भएको विद्यालयका शिक्षक तथा प्लस टु विज्ञान संयोजक अवय शाहले बताए । पढाईपछि भबिष्यमा सबै विद्यार्थीहरु केहि न केहि पेशामा लाग्ने भएको हुँदा र कुनै विद्यार्थीहरु ब्यापारमा पनि लाग्ने भएको हुँदा ब्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानि कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रतक्ष्य रुपमा जानकारी मिलोस भनेर शुक्रबार यो ब्यबसायको प्रयोगात्मक शिक्षा दिइएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताए ।
सैद्धान्तिक शिक्षासंगै व्यवहारिक शिक्षाको आबश्यकता रहेको भन्दै आगामी दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिने उनको भनाई छ । विद्यार्थीहरुले पनि यो कार्यबाट निकै अनुभव बटुलेका छन । विद्यालयका शिक्षकहरु विबेक देबकोटा,भुगोल कवर मगर ,अजय शाह,राजन अधिकारी र विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसी लगायतको निगरानिमा कार्यक्रम सम्पन्न भएको थियो ।
