
Ssbus
ssbus
tssbus
Sssbus1
Sssbus1
Bs1
nsm
Gsl
Ssbus
Pbu
Ssbus

Sls
Ksm
Rgu
Ssm
Tsm
Rgs
Sbs
Asm
Rsb
Gst
Bbbpu
nsb
Vor
Rgu
Pvg
Hal
Wsp
Bbu
Ggd

Rmb
Jmb
Abd
Gsb
Pls
Bml
bbt
Rpp
Ptm
sab
Mks
Jmb
Syp
दाङ । लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले राज्यले सहिद नेत्रलाल अभागीको योगदानको कदर गर्नुपर्ने बताएका छन् ।
सहिद नेत्रलाल अभागीको ४१ औं स्मृति दिवसको अवसरमा नेत्रलाल अभागीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ढकालले भने, ‘मुलुकको राजनीतिक परिवर्तनका लागि नेत्रलाल अभागीले खेलेको भूमिकाको चर्चा जति गरे पनि कमी नै हुन्छ । उनको योगदानको कदर राज्यले गर्नुपर्छ ।’ पञ्चयाती शासन व्यवस्था बिरुद्ध साहित्य,शिक्षा र राजनीतिका माध्यमबाट अभागीले खेलेको भूमिकाकै कारण परिवर्तन सम्भव भएको चर्चा गर्दै मन्त्री ढकालले भने,‘पश्चिम नेपालको कम्युनिष्ट आन्दोलनलाई व्यवस्थित र संस्थागत गर्ने अभागीको भूमिकाको कदर गर्दै राज्यले अभागीलाई सहिद घोषणा गरेको छ ।
त्यस्तै उनको सम्मानस्वरुप हुलाक टिकट प्रकाशनमा ल्याएको छ । अब उनका कृतित्व र योगदानलाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न प्रतिष्ठानले काम गर्नुपर्छ ।’ कम्युनिष्ट आन्दोलनलाई किसान, मजदुरको घरघरमा पुर्याउने र आन्दोलनलाई संस्थागत गर्न अभागीले खेलेको भूमिकाकै कारण कम्युनिष्ट आन्दोलन बलियो बनेको बताउँदै मन्त्री ढकालले वर्तमान राजनीतिक पुस्ताले अभागीको सांगठनिक कौशलता सिक्नुपर्ने बताए ।
फरक प्रसंगमा बोल्दै मन्त्री ढकालले प्रदेशको खानेपानी समस्या समाधानका लागि आफू लागिपरेको बताए । शुद्ध पानी पिउन पाउने नागरिकको अधिकार रहेको स्पष्ट पार्टी मन्त्री ढकालले भने, ‘जनताको घरदैलोमा शुद्ध पानी पुर्याउने दायित्व राज्यको हो । प्रदेशका संस्थापक माननीय मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारको संकल्प अनुसार पछिल्ला सरकारले काम गर्न नसक्दा जनताको घरदैलोसम्म शुद्ध पानी पुर्याउन सकिएको छैन । हामी जनताको घरदैलोमा शुद्ध पिउने पानी पुर्याउने संकल्प पुरा गरेरै छाड्छौं ।’
लुम्बिनी प्रदेशको राजधानी स्थलमा नमुना राजधानी सहर निर्माणका लागि सरकार लागिपर्ने प्रतिबद्धता दोहोर्याउँदै मन्त्री ढकालले सरकारलाई सहयोग गर्न सरोकारवालालाई आग्रह गरे ।
प्रतिष्ठानका अध्यक्ष शम्भु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा डा. चिरञ्जिवी शर्मा, प्रा.डा. जनाद्र्धन आचार्य,नेकपा एमालेका नेता छविलाल ओली,उत्तम खनाल लगायतले बोलेका थिए । प्रतिष्ठानका कोषाध्यक्ष सरस्वती खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कुलबहादुर केसीले गरेका थिए ।
