
Ssbus
nsm
Sssbus1
Bs1
tssbus
Gsl
Pbu
Ssbus
Ssbus
ssbus
Sssbus1

Ggd
Bbu
nsb
Asm
Sbs
Gst
Rgs
Hal
Rgu
Pvg
Ksm
Vor
Bbbpu
Sls
Tsm
Rgu
Rsb
Wsp
Ssm

bbt
Ptm
sab
Rmb
Mks
Gsb
Abd
Jmb
Bml
Jmb
Rpp
Pls
Syp
दाङ । ६० औं विद्यार्थी दिवस २०८१ को अवसरमा मङगलबार देउखुरीको पिपरीमा फलफूल वितरण गरी मनाइएको छ ।
निलसागर आश्रम राप्ती गाउँपालिका वडा नं ८ पिपरीमा रहेका २ जना महिला र २३ जना पुरुष गरी जम्मा पच्चीस जना रहेको आश्रममा अखिल (छैंठौ)ले फलफूल वितरण गरेको हो ।
फलफूल वितरण कार्यक्रममा अखिल (छैंठौ) दाङ जिल्ला अध्यक्ष सरिता पुनको अध्यक्षता तथा केन्द्रीय सदस्य रिसव आचार्यको प्रमुख अतिथि रहेकाे कार्यक्रममा निलसागर सेवा आश्रमले फुलको व्याज लगाएर स्वागत् गरेको थियो । शहीदहरु प्रति एक मिनेट मौनधारण गरी प्रमुख अतिथि आचार्य वोल्दै वि.सं. २०२१ साल बैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको क्रियाशीलता र व्यवस्थापनमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भएको बताए ।
त्यस्तै सो सम्मेलनले निम्न मागसहितको एउटा मागपत्र तयार गरी सशक्त संघर्ष संचालन गर्ने निर्णय गरेको थियो । जस्तै गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने,सबै राष्ट्रघाती असमान सन्धिहरूको खारेज गर्नुपर्ने, स्ववियू खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने,सम्पूर्ण बन्दी विद्यार्थीहरू विनासर्त रिहा गर्नुपर्ने । पाँच दिनसम्म चलेर सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुशीयालीको विजयभावमा जेठ १ गते विद्यार्थीहरूको विशाल जुलुस प्रदर्शन भएको थियो । पंचायती प्रहरीसँग आन्दोलनकारी विद्यार्थीहरूको व्यापक भीडन्त हुँदा कैयौं विद्यार्थी र प्रहरीहरू घाइते भएभने १५० भन्दा बढी विद्यार्थीहरू गिरफ्तार भए । त्यसपछि उपत्यकाव्यापी आम हड्ताल सुरू भयो । फलस्वरूप स्ववियू खोल्न पाउने अधिकार वहाली र बन्दी विद्यार्थी रिहाइसहित अन्य कतिपय माग पूरा गर्न पंचायती सत्ता बाध्य भयो । यसरी विद्यार्थीको एकताको बलमा आन्दोलनको जीत भएकोले हरेक वर्ष जेठ १ गतेलाई विद्यार्थी दिवस (एकता र विजय दिवश) को रूपमा मनाउँदै आइएको छ ।
त्यसैगरी कार्यक्रममा राजमो दाङ जिल्ला सचिव वसन्तराज पौडेल,निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चौधरी,अखिल (छैंठौ) दाङका पूर्व अध्यक्ष धुर्ब बेलबासे, राजमो राप्ती गाउँपालिका कार्यवाहक अध्यक्ष बाबुराम थापा लगायतले मन्तब्य राखेका थिए ।
एरावती बहुमुखी क्याम्पस स्ववियु सचिव अशोक खनाल र राजमो नेता छविराज भैया मगरको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सहजीकरण अखिल (छैंठौ) जिल्ला सचिव दिनेस रैदासले गरेका थिए ।

