
Ratbs
gms
Nssbus7
Pbu
Csbus
Rbs
Gsbus
Jsbus
Amb
dsbus
Ssbus
Gsl
Bksbus5
Ddhbs

Bbbpu
Asm
Hal
Sls
Wsp
Gst
Ssm
Rgu
Pvg
Ggd
Rgs
Bbu
Rgu
nsb
Ksm
Vor
Rsb
Sbs
Tsm

Mks
Jmb
bbt
Rmb
Rpp
Gsb
Bml
Abd
Syp
sab
Ptm
Jmb
Pls
दाङ । नारायणपुरस्थित सिद्ध रत्ननाथ माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयाेग पुर्याउने उद्देश्यका साथ एक लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरेका हुन् ।
त्यस्तै कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डाँगीले एसएलसी २०५३ ब्याचले उदाहरणीय तथा महत्त्वपूर्ण काम गरेकाे बताए । सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राथमिकतामा राखेर गरिएको यस्ताे कार्यले सकारात्मक सन्देश दिएकाे अध्यक्ष डाँगीले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा विद्यालयका प्रधानाध्यापक उत्तम खनाल २०५३ ब्याचले उदाहरणीय कार्य गरेकाे बताए । हरेक ब्याचले यस्तै उदाहरणीय कार्य हरेक विद्यालयमा गरेमा कुनै विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपर्ने प्रधानाध्यापक खनालले बताए ।
त्यस्तै कार्यक्रमकाे विशिष्ट अतिथि तथा विद्यालय विकास तथा परामर्श समितिका सदस्य बिनिता गुरूङ थापाले अक्षयकोष स्थमपना सामाजिक कार्यकाे एक उदाहरणीय कार्य रहेकाे बताइन् ।
कक्षा पाँच उत्तीर्ण गरेकाे गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिने छ । अक्षयकोष तथा छात्रवृत्तिका बारेमा २०५३ ब्याचका आदिम केसीले प्रकाश पारेका थिए । अक्षयकोष स्थापना कार्यक्रममा २०५३ ब्याचका ४२ जना विद्यार्थीकाे सहभागिता रहेकाे छ ।
२०५३ ब्याचका विद्यार्थी केशवा खनालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे सहजीकरण २०५३ ब्याचका विद्यार्थी थम्मन बस्नेतले गरेका थिए ।
