आदिम केसी सोमबार, चैत्र १९, २०८०

दाङ । नारायणपुरस्थित सिद्ध रत्ननाथ माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयाेग पुर्‍याउने उद्देश्यका साथ एक लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरेका हुन् ।

त्यस्तै कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डाँगीले एसएलसी २०५३ ब्याचले उदाहरणीय तथा महत्त्वपूर्ण काम गरेकाे बताए । सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राथमिकतामा राखेर गरिएको यस्ताे कार्यले सकारात्मक सन्देश दिएकाे अध्यक्ष डाँगीले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा विद्यालयका प्रधानाध्यापक उत्तम खनाल २०५३ ब्याचले उदाहरणीय कार्य गरेकाे बताए । हरेक ब्याचले यस्तै उदाहरणीय कार्य हरेक विद्यालयमा गरेमा कुनै विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपर्ने प्रधानाध्यापक खनालले बताए ।

त्यस्तै कार्यक्रमकाे विशिष्ट अतिथि तथा विद्यालय विकास तथा परामर्श समितिका सदस्य बिनिता गुरूङ थापाले अक्षयकोष स्थमपना सामाजिक कार्यकाे एक उदाहरणीय कार्य रहेकाे बताइन् ।

कक्षा पाँच उत्तीर्ण गरेकाे गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिने छ । अक्षयकोष तथा छात्रवृत्तिका बारेमा २०५३ ब्याचका आदिम केसीले प्रकाश पारेका थिए । अक्षयकोष स्थापना कार्यक्रममा २०५३ ब्याचका ४२ जना विद्यार्थीकाे सहभागिता रहेकाे छ ।

२०५३ ब्याचका विद्यार्थी केशवा खनालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे सहजीकरण २०५३ ब्याचका विद्यार्थी थम्मन बस्नेतले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]