
Ggp
Rgp
Rgp1
Lnp
Unsku
pku
Sgr
Pbu
Srbpu

Rgu
Sls
nsb
Wsp
Ssm
Hal
Tsm
Ksm
Vor
Rsb
Rgs
Bbbpu
Bbu
Asm
Gst
Sbs
Pvg
Ggd
Rgu

Mks
bbt
Jmb
Pls
Gsb
Bml
sab
Rpp
Syp
Jmb
Abd
Ptm
Rmb
दाङ । राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे दाेस्राे चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।
गाउँपालिकाकाे वडा नं.९ रुपाकाेटमा कार्यक्रम आयोजना गरिएको थियो । राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही,सेवा प्रवाह,योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले बताए ।
साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीले दाेस्राे चाैमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी,कृषि, सडक,सिँचाइ,विद्युत लगायत विकासका पूर्वाधारहरू,पर्यटकीय क्षेत्रको प्रवर्द्धन,संरक्षण र विकास,सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालय बाट प्रवाह गरिने सेवाका विषयमा गुनासो , जिज्ञासा तथा सुझाव राखेका थिए ।
त्यस्तै सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुकाे गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा अध्यक्षहरु तथा विभिन्न शाखाका शाखा प्रमुखहरूले जवाफ दिएका थिए ।
उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख ,विभिन्न संघसंस्थाका प्रमुख, शिक्षक,विद्यार्थी, टोल विकास संस्थाका अध्यक्ष,उपभोक्ता समितिका पदाधिकारी,संचारकर्मी लगायत स्थानीय बासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार ओम प्रकाश गुप्ताले गरेका थिए । स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ ।

