
Jsbus
Rbs
Ratbs
Nssbus7
Pbu
dsbus
Gsbus
Bksbus5
Ddhbs
gms
Csbus
Ssbus
Amb
Gsl

Rsb
Sls
Hal
Wsp
Ssm
nsb
Ksm
Asm
Rgu
Vor
Pvg
Tsm
Rgs
Bbu
Ggd
Gst
Bbbpu
Sbs
Rgu

Rpp
Ptm
Gsb
Jmb
Pls
Abd
Rmb
Jmb
Bml
Syp
sab
bbt
Mks
दाङ । गुरुकुल एकेडेमीका विद्यार्थीहरुले बनाएको जिपको मोडललाई बैज्ञानिक तथा डा. महाविर पुनले उद्धघाटन गरेका छन् ।
कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्रि गरि आर्थिक संकलन अभियानमा देश दौडाहामा रहेका बैज्ञानिक तथा डा. पुनले उद्धघाटन गरेका हुन् । सोहि शिलसिलामा घोराहीमा रहेको बेला एक औपचारीक कार्यक्रमको आयोजना गरी गुरुकुल एकेडमी घोराहीको प्राङ्गणमा उद्धघाटन गरेका हुन् ।
गुरुकुल एकेडेमी घोराहीका अतिरीक्त क्रियाकलाप संयोजक तथा शिक्षक विशालमान श्रेष्ठको नेतृत्वमा तथा ५ जना विद्यार्थीहरु दिपेश वली,सफल भण्डारी, एलन बिके,आरोहन श्रेष्ठ र संयोल बस्नेतले उक्त जिप मोडेलको गाडी निर्माण गरेका हुन् । यो गाडी करिब १ लाख १० हजारको लागतमा निर्माण भएको संयोजक श्रेष्ठले जानकाकरी दिए ।
यसरी काम गर्दा एकातिर काम बन्ने र अर्कोतिर काम गर्दै जादा सिक्ने अवशर पाउने पनि उनले बताए । हिरो कम्पनीको १५० सिसिको मोटरसाइकलको इन्जिन प्रयोग गरी बनाइएको उक्त गाडीमा त्यतिकै खेर जाने सामानलाई पनि सदुपयोग गरिएको छ । गुरुकुल एकेडेमीको रेक्टा बिधिको शिक्षण कृयाकलाप अन्तर्गत पनि पर्ने भएको हुनाले यो जिप मोडलको गाडी निर्माण गरिएको हो ।
गाडीको उद्धघाटन डा. पुनलाई सवारी गराएर गरिएको हो । २०७६ सालमा प्रदेश स्तरीय ग्य्रान्ड विज्ञान फेस्टिवल नेपागंजमा विद्युतिय चार पांग्रे गाडी बनाएर गुरुकुल एकेडेमी प्रथम भएको थियो । तसर्थ अहिले विद्यार्थीहरुलाई इन्धनवाला गाडी बनाउन मोटिभेस्नल स्वरुप यो गाडीको निर्माण गरिएको हो ।आफुसंगै भएको बिभिन्न खेर जाने सामानबाट पनि यस्ता नमुनायुक्त गाडीको निर्माण गर्न सकिने र प्रयोगात्मक सिप पनि सिकाई हुने बताए ।
त्यस्तै यो गाडी निर्माण सम्पन्न गर्नको लागि विद्यालयका शिक्षक ई.सन्तोष कसौधन,विज्ञान शिक्षक भवन आचार्य,कर्मचारी शंकर चौधरीले पनि सहयोग गरेका छन् । साथै डा. पुनको अभियानमा साथ दिने उद्धेश्यले गुरुकुल एकेडेमीले उनको ४० प्रति पुस्तक समेत खरिद गरेको छ । गुरुकुल तुलसिपुरले २० र घोराहीले २० प्रति पुस्तक खरिद गरेको छ भने गुरुकुल एकेडेमी लमहीले पनि खरिद गर्ने कार्यक्रम रहेको विद्यालयका शिक्षक विबेक देवकोटाले जानकारी दिए ।
