
Bksbus5
Ksbus
Ssbus
Ksbus
Nssbus7
Csbus
bpmhl
dsbus
Ssbus
Lsbus
Ssbus
Bsbus
Jsbus
gms
Ksbus
Gsl
Pbu
Gsbus
Rsbus

Rgs
nsb
Ggd
Tsm
Bbbpu
Wsp
Rsb
Vor
Sls
Hal
Rgu
Rgu
Asm
Gst
Bbu
Ssm
Sbs
Pvg
Ksm

Jmb
Pls
bbt
Mks
sab
Rmb
Abd
Jmb
Rpp
Gsb
Bml
Syp
Ptm
पोखरा । तनहुँमा बुधबार उद्घाटन गर्न नपाएको पुल उद्घाटन गरेपछि नेपाली कांग्रेसका नेताहरुले सरकारले आफूहरुलाई ब्युँझाइ दिएको टिप्पणी गर्दै देशभर सरकार विरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।
बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको थियो । कांग्रेसले बिहीबार सोही पुल उद्घाटन कार्यक्रम लाई शक्ति प्रदर्शनको माध्यम बनाउँदै सरकार विरुद्ध कांग्रेस एक भएको बताइएको छ ।
पुल उद्घाटन कार्यक्रममा नेताहरुले सरकारले अधिनायकवादी शैली देखाइरहेको र स्थानीय प्रशासन, प्रहरी कठपुतली बनेको आरोप लगाएका छन् । उनीहरुले सरकारको विरुद्ध आन्दोलन गर्न दमौली घटना अवसर बनेको धारणा पनि राखे । उनीहरुले तनहुँका प्रतिनिधि सभा सांसद कृष्णकुमार श्रेष्ठ (किसान)को कडा आलोचना गरेका छन् ।
कांग्रेस वरिष्ठ नेता पौडेलले मन्तव्यको सुरुमा पुलिसको डण्डाले करङ पेलेका कारण हिजो दिउँसो भन्दा साँझ र साँझभन्दा आज बढी दुखेको बताउनु भएको छ । देशमा लोकतन्त्र आइसके पछि पनि डण्डाको पेलान सहनु परेकाले लोकतन्त्र साकार पार्नै बाँकी रहेको पौडेलले बताउनु भयो । हिजो निषेधाज्ञा गर्ने प्रशासन आज शीर निहुर्याएर लज्जित भएर हिँडेको पौडेलले भन्नू भयो । कम्युनिस्ट सरकारका नाममा भएको हिजोको घटनाले लोकतन्त्र र गणतन्त्र नै लज्जित भएको पौडेलको भनाइ थियो । ‘यो घटनाले देशभरि तरंग आएको छ ।
प्रजातन्त्रवादीहरु सडकमा उत्रिएर आन्दोलित हुन पुगेका छन्,’पौडेलले भने,‘अबको आन्दोलनले ठूला माछाहरु संरक्षण गर्ने र साना माछा खाँदै हिँड्ने अख्तियारका विरुद्ध पनि हुन्छ ।’स्थानीय तह आइसकेपछि निर्वाचन क्षेत्रमा बजेट दिन आवश्यक नै नभएको बताउँदै उहाँले केपी ओलीले षड्यन्त्र गरेको बताउनु भयो । संसद कोषले संघीयता र स्थानीय तहको अधिकारलाई एकातिर पन्छाएको पौडेलले बताउनु भयो । सुँडेको पुल आफ्नै पहलमा बनेको बताउँदै वरिष्ठ नेता पौडेलले तनहुँबाट निर्वाचित सांसदलाई अर्को पुल बनाउन देखाउन चुनौती दिनु भएको छ ।
प्रधानमन्त्री केपी ओली देश र लोकतन्त्रका लागि नभएर मुद्धामा जेल परेको पौडेलले आरोप लगाउनु भयो । बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्ने मान्छे आज राष्ट्रवादको हिरो बन्न खोजेको पौडेलले बताउनु भयो । उहाँले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको दाबी गर्नु भयो । लोकतन्त्र सुरक्षित गर्ने आन्दोलनको सुरुवात भएको पौडेलले बताउनु भयो । उहाँले जनतासँग गएर कांग्रेस कुन हिसाबले ठीक छ भनेर बुझाउन कार्यकर्तालाई आग्रह गर्नु भयो ।
केन्द्रीय सदस्य शंकर भण्डारीले गृह सचिवको आदेश आएका कारण एकदमै अप्ठेरो अवस्थामा परेको भनेर सीडीओले भनेको बताउनु भयो । तनहुँको विषयमा बुझ्न गृह सचिवलाई धेरै पटक फोन गर्दा पनि नउठेको उहाँले सुनाउनु भयो । योगेश भट्टराई, भानुभक्त ढकाललगायत धेरै मन्त्रीलाई फोन गरेर रामचन्द्र पौडेलमाथि भएको तनहुँ घटना रोक्न भनेको सुनाउँदै भन्नु भयो, ‘मैले तिमीहरुको सरकार सकिँदै छ भनेर भनेको छु ।’तरुण दलले गृह सचिवको तीन पुस्ते विवरण राखेको भन्दै भण्डारीले धम्कीको भाषासमेत प्रयोग गरे भोलि नेपाली कांग्रेस फेरि सरकारमा आउने कुरालाई नबिर्सन उहाँले स्थानीय प्रशासन र कर्मचारीलाई चेतावनी दिनु भयो ।
उहाँले अघि भने,‘मेरो प्रश्न छ, भोलि फेरि कांग्रेस सरकारमा आउँछ यो नबिर्सनू ।’ भिड्ने नै हो भने पनि आफूहरु तयार रहेको भन्दै भण्डारीले आक्रोश देखाए । १४ औं महाधिवेशनमा आफ्नो साथ रहेको भन्दै पार्टीको नेतृत्व गर्न भण्डारीले पौडेललाई आग्रह गर्नु भयो ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले एउटा पुल उद्घाटन गर्न खोज्दा निषेधाज्ञा गरेर निषेधाज्ञा भन्ने शब्दकै ठूलो बेइज्जत भएको बताए । कम्युनिस्टसँग लड्नैपर्ने भएकाले कांग्रेससँग लड्नुको विकल्प नभएको नेता भट्टराईको भनाइ छ ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँमा बुधबार भएको घटना सीडीओ वा प्रशासनले घटाएको घटना नभएर कांग्रेसलाई दमित गर्ने नेकपा प्रवृत्तिले घटेको बताए । ‘लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि कहिल्यै नलडेको ठेकेदार सांसद किसान श्रेष्ठले पनि यो गरेनन्, यो त केपी ओलीले गणतन्त्रका लागि लडेका रामचन्द्रको टाउकोमा लठ्ठी हानेका हुन्,’ पौडेलले भने, ‘जिन्दगीभर राजनीतिमा लठ्ठी खाएर आएर नेतालाई गणतन्त्रमा लठ्ठी हान्ने यो कस्तो राजनीतिक संस्कार हो ?’
गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नै पार्टीबाट अपमानित भइरहेको ओली सरकारले प्रहरी र प्रशासन प्रयोगबाट गरेको अपमानले कांग्रेसलाई एक हुने सन्देश मिलेको बताए । ‘यो सरकार धर्मराएको छ । यो सरकार छिट्टै जान्छ,’पोखरेलले भने,‘यो सभालाई प्रतिवद्धता सभाको रुपमा लिनुहोस्, भोलि कांग्रेसलाई सबै ठाउँमा जिताउँछौं ।’
आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले सरकारको प्रतिरोध र प्रतीरक्षामा उत्रन नसकेको कांग्रेसलाई जुर्मुराउने काम दमौलीको घटनाले गरेको बताए ।‘प्रतिपक्षको धर्म लड्ने हो । गैरसरकारी संस्थाको कर्मचारीजस्तो बनेका छन् हाम्रा साथीहरु । कानेखुसी र साँठगाँठबाट पार्टी चलाउन खोज्नुहुन्छ भने पार्टी चल्दैन,’ वाग्लेले भने,‘अब सिंगो कांग्रेस जाग्ने गरी आन्दोलन सुरु भएको छ ।’
व्यास नगरपालिकाका मेयर तथा कांग्रेस जिल्ला सभापति वैकुष्ठ न्यौपानेले नगरपालिकाले निर्माण गरिरहेको सडक र वरिष्ठ नेता पौडेलको पहलमा पुल बनेको बताउनु भयो । आफ्नै पहलमा बनेको पुल उद्घाटन आफ्नो भ्रष्टाचार छुपाउनका लागि यो सरकारले जे पनि गर्ने उनको भनाइ थियो । परिआउँदा एसपी र सीडीओ पनि लखेटेको स्मरण गर्दै मेयर न्यौपानेले प्रशासनको व्यवहारले सुतेको कांग्रेसलाई ब्युँझाएको बताए ।
साभार अनलाइन खबरबाट
