
Amb
Ddhbs
dsbus
Nssbus7
Rbs
Jsbus
Gsl
Csbus
gms
Ssbus
Bksbus5
Pbu
Gsbus
Ratbs

Gst
Ssm
Tsm
Rgu
Rgs
Ggd
Sls
Hal
Vor
Ksm
Bbu
Sbs
Bbbpu
Rsb
Asm
Wsp
Pvg
nsb
Rgu

sab
Rpp
Jmb
Jmb
Rmb
Ptm
Pls
Bml
Mks
Gsb
bbt
Syp
Abd
दाङ । गुरुकुल एकेडेमीले जिपिएस जडान गरीएका सवारी साधन संचालनमा ल्याएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहीले आफ्ना विद्यार्थिहरुका लागि प्रयोग हुने सवारी साधन (भ्यान र बस)मा जिपिएस अर्थात ग्लोबल पोजिसनिङ सिस्टम जडान गरेको बताएको छ ।
ग्लोबल पोजिसनिङ सिस्टम जडान गरीनुले अभिभावक हरुलाई अव कतिबेला आफ्ना बालबालिका लिन आइपुग्छ कति समय लाग्छ भन्ने निगरानि गर्न सकिने गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनु भयो । अभिभावकले ग्लोबल पोजिसनिङ सिस्टम एपलाई आफ्नो मोबाइलमा डाउनलोड गरी विद्यालयको गाडिलाई प्रतक्ष्य निगरानि राख्न सकिने छ ।
विद्यालय भनेको पढ्ने पढाउने ठाँउ मात्र नभएर विद्यार्थीहरुको आधारभूत सेवा सुबिधा संगै जोडिएको सुरक्षित यात्रालाई बास्तविक सुरक्षा दिलाउन र सुरक्षाको हिसावले पनि निकै प्रभावकारी हुने भएकाले यो प्रबिधि प्रयोग गरीएको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभयो । साथै उहाँले ढुक्क भएर आफ्ना नानिबाबु गुरुकुल एकेडेमीमा भर्ना गरी समयमै सिट सुरक्षित गर्न पनि अनुरोध गर्नुभयो ।
आगामी शैक्षिक सत्र २०८१ बाट पठन पाठन हुने गरी प्री रजिष्ट्रेशन पनि खुला गरेको छ । पुर्ण मानव बनाउने मुल उद्धेश्यका साथ २०७२ सालबाट घोराही १५ रतनपुरमा संचालनमा आएको गुरुकुल एकेडेमीले आफ्ना शाखा जिल्लाका मुख्य शहर लमही र तुलसिपुरमा पनि संचालनमा ल्याउन लागेको हो ।
