
Gsl
Bksbus5
Amb
dsbus
Ddhbs
Nssbus7
gms
Pbu
Jsbus
Ssbus
Gsbus
Csbus
Ratbs
Rbs

nsb
Rgu
Sbs
Asm
Rsb
Ssm
Rgs
Hal
Wsp
Bbu
Gst
Tsm
Sls
Ggd
Ksm
Vor
Bbbpu
Pvg
Rgu

bbt
Abd
Ptm
Mks
Pls
Bml
Jmb
sab
Jmb
Syp
Rpp
Rmb
Gsb
दाङ । कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने हरिबहादुर बुढा मगरलाई गोरखा आइडियल स्कुलले भव्य स्वागत तथा सम्मान गरेको छ ।
अपांगता भएका ब्यक्ति पनि उदाहरणीय कार्य गर्न सक्छन् भन्ने बिश्व सन्देशका साथ नयाँ कृतिमान राखेका थवाङ गाउँपालिका -३ रोल्पा निवासी बुढा मगरलाई दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको सो विद्यालयका प्रिन्सिपल वसन्त पुन मगर सहित शिक्षक,शिक्षिका तथा विद्यार्थीहरूले फूलमाला र टीका लगाएर स्वागत तथा सम्मान गर्नु भएको हो ।
सगरमाथा आरोही बुढा मगरले विद्यालयले दिएको सम्मानद्वारा आफुलाई अझै साहसिक कार्य गर्ने प्रोत्साहन मिलेको बताउँदै विभिन्न ७ देशका अग्ला हिमालको आरोहण गर्ने बताउनु भयो ।
अपांगता भएको ब्यक्तीले पनि सबलाङ्ग सरह काम गर्न सक्छ भन्ने सन्देश दिनपनि आफुले साहसिक कार्यमा हात हालेको उहाँको भनाई छ । उहाँले बिश्व शान्तिको लागि बिश्व अभियान संचालनको तयारी गरेको पनि जानकारी दिनु भयो । उहाँ बिर्टिस सेनामा सेवारत रहदा अफगानिस्थान युद्धमा घाइते हुनु भएको थियो । दुबै खुट्टाको घुडा भन्दा तलको भाग गुमाउनु भएका बुढा मगर २०८० जेठ ६ गते सगरमाथाको सफल आरोहण गर्नु भएको थियो । सन् २०१० मा अफगानिस्तानमा एम्बुस विष्फोटमा परी दुवै गोडा गुमाउनु भएका उहाँ सगरमाथा आरोहण गर्ने दुवै घुँडाभन्दा माथि गोडा गुमाउनु भएका (डबल एम्पुटी अबोभ नी) पहिलो व्यक्ति हुनुहुन्छ ।

