
dsbus
Ratbs
Jsbus
Ssbus
Gsl
Nssbus7
Csbus
Pbu
Amb
Gsbus
Ddhbs
Rbs
Bksbus5
gms

Tsm
Ggd
Sls
Vor
Rgu
Asm
Rgu
Rgs
nsb
Wsp
Gst
Ksm
Ssm
Rsb
Hal
Pvg
Bbu
Bbbpu
Sbs

Jmb
sab
Abd
Gsb
Bml
Syp
Rpp
bbt
Jmb
Pls
Rmb
Ptm
Mks
दाङ । दाङ क्रिकेट लिगमा सहभागी जनाएका फ्रेन्चाईज क्लब मध्य एक हो देउखुरी वारियर्स । यस क्लब जिल्लाका अब्बल टिम मध्यमा पर्छ । गतबर्ष भएको दाङ लिगमा फाईनल प्रबेस गर्दै देउखुरी वारियर्सले जिल्लामा अब्बल टिम मध्यमा नाम रोसनी गर्यो । फाईनलमा घोराही टाईगर्ससँग भिडेको थियो । एद्येपी प्रतियोगिता फाईनलमा देउखुरी वारियर्सले जित निकाल्न भनेन सकेन । उपबिजेता हुँदै चित्त बुझायो । दाङ लिग २ मा भिड्दै गरेका ५ वटा टिमहरु आपसमा अब्बल मानिन्छन ।
क्रकेटको बिकाशका निम्ति २०७८ सालमा स्थापना भएको देउखुरी वारियर्सले खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्दै आईरहेको छ । देउखुरी वारियर्सका ओनर जानकिलाल बस्नेतले खेलको बिकास सँगै अबसर प्रदान गर्न क्लबको स्थापना गरेको बताए ।
देउखुरी वारियर्स देशमा हुने फ्रेन्चाईज लिगहरुमा सहभागी हुँदै आईरहेको छ । दाङ लिग २ मा अब्बल मध्यको टिम मानिएको देउखुरी वारियर्समा राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडीहरु अटाउन सकेका छन ।
देउखुरी वारियर्सका कप्तान विशाल बिक्रम केसी अलराउण्ड खेलाडी हुन । नेतृत्व गरेर टिमलाई हौसला बाढ्दै जित दिलाउन उनिमा खुबी छ । अन्तर्राष्ट्रिय लेवलमा नाम रोसनी गरेका विशाल वल्र्डकप प्लेयर हुन । उनि एसिसि अण्डर-१६ प्रतियोगिता २०१९ मा नेपालको कप्तान गरिसकेका खेलाडी हुन । हालसालै साउथ अफ्रिकामा भएको अण्डर-१९ वर्ल्डकप २०२४ मा पनि उनी नेपालका कप्तान भएर खेल प्रदर्शन गरे । राष्ट्रिय स्तरका प्रतियोगितामा उनी लुम्बिनी प्रदेश टिमबाट खेल्ने गर्दछन ।
विशाल जस्तै अर्का अलराउण्डर वल्र्डकप प्लेयर दिपक बोहरापनि देउखुरी वारियर्स टिममा समाबेस छन । एसिसि अण्डर-१६, २०१९ मा उनी नेपालका उपकप्तान भएर खेलेका हुन । साउथअफ्रिकामा भएको अण्डर-१९, २०२४ खेलेर स्वदेश फर्किएका बोहरा राष्ट्रिय स्तरका प्रतियोगितामा एपिएफ टिमबाट खेल्ने उनि अब्बल खेलाडी मानिन्छन । उनिजस्तै अर्का वल्र्डकप प्लेयर हुन नारायण जोशी । राष्ट्रिय स्तरमा सुदुरपश्चिम प्रदेशका कप्तान भएर खेल्ने गरेका जोशी २०१७ मा भएको अण्डर-१९ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल टिमबाट खेलिसकेका छन । खेलप्रदर्शन बाटै जोशीले एपिएल एनपिएलमा सैयौँ खेलाडीलाई पछि पार्दै आफ्नो नाम दर्ज गरेका थिए । अलराउण्ड खेल्ने जोशी देउखुरी वारियर्सका अब्बल खेलाडी मानिएका छन ।
प्रज्वल थापापनि अण्डर-१९ नेपाल टिमका खेलाडी हुन । उनले २०२४ को अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘नेपाल टिम क्याम्प’ गरि अनुभव गरिसकेका छन । उनी देउखुरी वारियर्सका लागि दाङ लिगमा विकेट किपर र ब्याट्सम्यान भएर खेल प्रदर्शन गर्नेछन । राष्ट्रिय लेबलमा उनी लुम्बिनी प्रदेशका खेलाडी हुन । उनिहरु जस्तै राष्ट्रिय लेबलमा उत्कृष्ट खेल प्रदर्शन गरिसकेका अन्य खेलाडीहरु देउखुरी वारियर्समा समाबेस छन । आशिष् वली, आवाज गौतम, आयुस वली, राजकुमार कुमाल, जोहन वली, शुभम खनाल, अभिषेक केसी, केशब अधिकारी, थमन वली, सुरज खनाल देउखुरी वारियर्समा अटाएका छन । दिपु केसी मेन्टर रहेको देउखुरी वारियर्सको कोचमा अर्जुन बस्नेत छन भने टिम म्यानेजरमा सरोज बस्नेत रहेका छन ।
आईतबार देउखुरी वारियर्सले लमहीमा एक कार्यक्रमको आयोजना गरि खेलाडी जर्सी अनावरण गरेको छ । देउखुरी वारियर्सका मानेजिङ डाईरेक्टर गणेश बुढाथोकीको अध्यक्षता तथा नेपाली काँग्रेस लमही नगर सभापती सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै उनले खेलाडीलाई जितको अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरे । खेलाडीको हौसलाका बुढाथोकीले नगद १५ हजार सहयोग गरे । कार्यक्रममा देउखुरी वारियर्सको मुख्य प्रायोजकमा रहेको गुरुकुल एकेडेमी लमहीका प्रिन्सिपल मुकुन्द तिमिल्सिनाले ५० हजारको चेक हस्तान्त्रण गरे ।
खेलाडीहरुलाई जर्सी बितरण गर्दै बिदाई गरिएको थियो । दाङ लिग १४ गते सोमबार देखि शुरु हुँदैछ । लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो धनरासीको प्रतियोगिता मानिएको छ । १९ गते फाईनल खेल हुने दाङ क्रिकेट सँघका अध्यक्ष प्रदिप मज्गैयाले जानकारी दिए ।

