
Sssbus1
Ssbus
Pbu
nsm
Gsl
Sssbus1
Ssbus
ssbus
Ssbus
tssbus

Rgs
Bbbpu
Asm
Hal
Tsm
Vor
Sbs
Rsb
Bbu
Wsp
Rgu
Gst
nsb
Ggd
Ksm
Sls
Pvg
Ssm
Rgu

Abd
Syp
Bml
Rpp
Gsb
sab
Jmb
Ptm
bbt
Mks
Jmb
Rmb
Pls
दाङ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका रेशम बहादुर शाही र दयाराम थापाले पञ्चैबाजा संग्रहालयको कार्यालयमा पुगेका बिद्यार्थीहरुलाई राष्ट्रिय लोकबाजाहरुबारे बिस्तृत जानकारी गराउँदै हुनुहुन्थ्यो ।
नौमति बाजा र पञ्चैबाजा अन्तर्गत पर्ने बाजाहरुका बारेमा प्रत्यक्ष बजाएर तथा देखाएर ब्रिफिङ गर्दै गर्दा बिद्यार्थीहरु अनुशासित र मर्यादित ढंगले मन्त्रमुग्ध भएर सुनिरहेका थिए ।
बुद्धज्योती उच्च माबिको कक्षा १० मा अध्ययनरत गढवा–६ हासिपुरका करिना जिएमले बुधवार पञ्चैबाजा तथा राष्ट्रिय लोकबाजा बारे संग्रहालयमै पुगेर पढ्न पाउँदा आफूलाई धेरैजानकारी भएको बताउनुभयो । पञ्चैबाजा बजाएको त सुनेको थिए, निकै राम्रो लाग्थ्यो । आज प्रत्यक्ष बाजाका प्रकारहरु र अलग अलग स्वरहरुका बारेमा पढ्न पाउँदा धेरै जानकार हुने अवसर मिल्यो उहाँले भन्नुभयो ।
नेपाली राष्ट्रिय लोकबाजा र पञ्चैबाजाका बारेमा संग्रहालयमा पढ्न गएका सोहि बिद्यालयको कक्षा १० मा अध्ययनरत बिद्यार्थी सुदन खत्री पनि पञ्चैबाजाको सुर–ताल र लयमा नाचेरै रमाउनुभयो । राष्ट्रिय लोकबाजाका बारेमा प्रत्यक्ष देखेर र बजाएरै जान्न पाउँदा प्रत्यक्ष ज्ञान पाएको उहाँले बताउनु भयो । सधैजसो कापी किताब बोकेर बिद्यालयमा पढ्न जाने सो बिद्यालयका ७२ जना बिद्यार्थीहरु लोकबाजा पढ्न गढवा स्थित पञ्चैबाजा संग्रहालयमा पुग्दा खुसीले प्रफूल्ति थिए ।
पञ्चैबाजाको सुर,ताल र लयलाई प्रत्यक्ष नियाल्न पाउँदा उनिहरुले बाजाका बारेमा धेरै ज्ञान भएको बताए । गढवा गाउँपालिकाले यसबर्ष देखि लागु गरेको स्थानीय पाठ्यक्रममा राष्ट्रिय लोकबाजाको च्याप्टर राखेर पठन–पाठन गराउन थालेपछि गढवाका सबैजसो बिद्यालयका बिद्यार्थीहरुमा चाँसो बढेको छ भने बिद्यालयहरुलाई पनि प्रयोगात्मक अभ्यास र सिकाई हुने थलो बनेको छ ।
पञ्चैबाजा र नौमतिबाजाका बारेमा बिद्यार्थीहरुलाई प्रत्यक्ष सिकाई उपलब्धिका लागि संग्रहालयमा लगिएको बिद्यालयका शिक्षक गोबिन्द पन्थीले बताउनुभयो । बिद्यालयमा किताबको कोर्ष पढाएर मात्र बिद्यार्थीहरुलाई पुग्दैन त्यसैले फिल्डमै लगेर स्थलगत अध्ययन अध्यापनकालागि संग्रहालयमा पुगाएको उहाँले बताउनुभयो ।
गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र आधिकारीक रुपमा बैधानिकता प्राप्त गरि संचालनमा आएको संस्था हो । यसले समाजमा हुने गरेका जातिय बिभेदको अन्त्य गर्ने, पञ्चैबाजा तथा नौमति बाजाको संरक्षण संबर्धन गर्ने, सामाजिक क्षेत्रमा हातेमालो गर्ने र स्थानीयलाई रोजगार प्रबर्धन गर्ने तथा निकट भविश्यमा बहुसांस्कृति लोकबाजा संग्रहालय स्थापना गर्ने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष रेशम बहादुर शाहीले बताउनुभयो ।
सुरुवातमा गढवा गाउँपालिकाको मुख्यमन्त्री रोजगार कार्यक्रमबाट प्रेरीत भई बाजा बजाउने तालिम सिक्न थालेको र पछिल्लो चरणमा घरेलु तथा साना उद्योग कार्यालयको बजेटबाट थप तालिम र प्रबिधि प्राप्त भएपछि हाल नेपालका बिभिन्न जिल्लाहरुमा बाजा बजाउने स्वरोजगार तर्फ संस्थामा आबद्ध २८ जना कलाकारहरु तयार गरिसकेको अध्यक्ष दयाराम थापाले बताउनुभयो ।

