
Bs1
Sssbus1
nsm
Ssbus
tssbus
ssbus
Sssbus1
Ssbus
Ssbus
Pbu
Gsl

Rgu
Ggd
Asm
Bbu
Rgs
Rsb
Rgu
Ssm
Hal
nsb
Ksm
Bbbpu
Sbs
Tsm
Pvg
Vor
Wsp
Gst
Sls

Bml
Rpp
Gsb
Abd
Pls
Rmb
Jmb
sab
Mks
Ptm
bbt
Syp
Jmb
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहा खुटीका ४५ बर्षीय खुसलराम पौडेललाई उनकै साथीले गोली हानेर हत्या गरेका छन् । गाउँकै साथीहरु संग सिकार खेल्न भनेर जंगलमा गएको र त्यही क्रममा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहका अनुसार संगै सिकार खेल्न गएका व्यक्तिले नै पौडेललाई गोली हानेको खुल्न आएको जानकारी दिनु भयो ।
पौडेलसंगै सिकार खेल्न गएका अन्य सबै फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको डिएसपी सिंहले बताउनु भएको छ । यसैबीच प्रहरीले घटना बुधवार दिउँसो घटेको जस्तो अनुसन्धानवाट देखिन आएको पनि बताएको छ । जनावर ठानेर पौडेलाई साथीले नै गोली हानेको भन्ने अनुमान भइरहेको छ । उहाँले भन्नु भयो,गोली लागि सकेपछि उनीहरुले घाइतेलाई उद्धार गरेर राजमार्ग सम्म ल्याएको हुन सक्ने अनुमान भइरहेको छ । उनीहरुले प्रहरीलाई खवर नगरेपनि गाउँ घरमा र उनका परिवारका सदस्यलाई खवर गरेको खुल्न आएको प्रहरीले बताएको छ ।
घाइते पौडेलका छोरा एम्बुलेन्स चालक रहेको र उनलाई खवर भएपछि छोराले नै घाइते बुवालाई एम्बुलेन्सवाट नेपालगञ्ज पु¥याएको प्रहरीले बताएको छ । यसअघि प्रहरीले पौडेल पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ९ च्याउ खोलामा बुधवार राति साढे ९ बजेको समयमा फेला परेको जानकारी दिएको थियो । उनका ढाडमा ३ र तिघ्रामा २ गोली लागेको प्रहरीले बताएको छ ।
घाइतेलाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ । प्रहरीका अनुसार सिकार खेल्न गएका सबैको पहिचान भइसकेको । यसैबीच प्रहरीले विहीवार च्याउ खोला क्षेत्रवाट रगत लागेको एउटा भरुवा बन्दुक बरामद भएको जानकारी दिएको छ ।
