Sidha Patra बिहिबार, मंसिर ११, २०७७

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहा खुटीका ४५ बर्षीय खुसलराम पौडेललाई उनकै साथीले गोली हानेर हत्या गरेका छन् । गाउँकै साथीहरु संग सिकार खेल्न भनेर जंगलमा गएको र त्यही क्रममा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहका अनुसार संगै सिकार खेल्न गएका व्यक्तिले नै पौडेललाई गोली हानेको खुल्न आएको जानकारी दिनु भयो ।

पौडेलसंगै सिकार खेल्न गएका अन्य सबै फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको डिएसपी सिंहले बताउनु भएको छ । यसैबीच प्रहरीले घटना बुधवार दिउँसो घटेको जस्तो अनुसन्धानवाट देखिन आएको पनि बताएको छ । जनावर ठानेर पौडेलाई साथीले नै गोली हानेको भन्ने अनुमान भइरहेको छ । उहाँले भन्नु भयो,गोली लागि सकेपछि उनीहरुले घाइतेलाई उद्धार गरेर राजमार्ग सम्म ल्याएको हुन सक्ने अनुमान भइरहेको छ । उनीहरुले प्रहरीलाई खवर नगरेपनि गाउँ घरमा र उनका परिवारका सदस्यलाई खवर गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

घाइते पौडेलका छोरा एम्बुलेन्स चालक रहेको र उनलाई खवर भएपछि छोराले नै घाइते बुवालाई एम्बुलेन्सवाट नेपालगञ्ज पु¥याएको प्रहरीले बताएको छ । यसअघि प्रहरीले पौडेल पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ९ च्याउ खोलामा बुधवार राति साढे ९ बजेको समयमा फेला परेको जानकारी दिएको थियो । उनका ढाडमा ३ र तिघ्रामा २ गोली लागेको प्रहरीले बताएको छ ।

घाइतेलाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ । प्रहरीका अनुसार सिकार खेल्न गएका सबैको पहिचान भइसकेको । यसैबीच प्रहरीले विहीवार च्याउ खोला क्षेत्रवाट रगत लागेको एउटा भरुवा बन्दुक बरामद भएको जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]