
Jsbus
Rbs
gms
Bksbus5
syysr
Pbu
Ratbs
Gsbus
dsbus
Ddhbs
Nssbus7
Ssbus
Syees
Csbus
Amb
Gsl

Ggd
Ksm
Pvg
Bbbpu
Ssm
Bbu
Vor
Hal
Gst
nsb
Rgu
Sbs
Rsb
Rgu
Asm
Wsp
Tsm
Sls
Rgs

Syp
Abd
Rpp
sab
Bml
Pls
bbt
Gsb
Mks
Rmb
Jmb
Jmb
Ptm
काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन् । नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भएको सम्झौतासँगै दुई देशबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास हुने भएको छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
त्यस्तै सम्झौतासँगै नेपाल र भारतबीच सहज,सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास हुने विश्वास लिइएको छ । समझदारी पत्रमा नेपाल र भारतबीचको सीमापार रेमिट्यान्स प्रणालीलाई सहजीकरण गर्ने एउटा प्रमुख उद्देश्य राखिएको छ ।
