
Sssbus1
Ssbus
tssbus
Ssbus
ssbus
nsm
Sssbus1
Ssbus
Pbu
Gsl

Bbu
Sbs
Vor
nsb
Rsb
Bbbpu
Hal
Rgu
Asm
Pvg
Gst
Ksm
Rgs
Rgu
Ggd
Wsp
Sls
Tsm
Ssm

Abd
Gsb
bbt
Pls
Syp
Rmb
Mks
sab
Rpp
Jmb
Ptm
Bml
Jmb
दाङ । देउखुरीको लमही स्थित रोजी बड्स बालबाटिका बोर्डिङ स्कुलमा बिहिबार रौनक थियो । अभिभाबक तथा अतिथीहरु उल्लेख्य मात्रामा सहभागी हुनेभएपछी विद्यार्थी आफ्ना कला प्रदर्शनमा ब्यस्त थिए ।
विभिन्न टेक्नोलोजीको प्रयोगबाट कलाहरु देखाउनलाई राखिएका थिए । बिद्यार्थीहरु हौँसिदै आफ्ना कलाहरुका बारेमा बताउँदै थिए । अनौठा अनौठा कला प्रदर्शनीले सबैको ध्यान तान्यो । बैज्ञानिक युगमा मानिसले चाहेपछि विभिन्न अनौठा सामाग्री तयार गर्न सकिन्छ भन्ने बिद्यार्थीका कलाले सन्देश दिँदै थियो ।
कक्षा ९ मा अध्ययनरत सौरभी भुषालको टिमले राखेको सामाग्री प्रदर्शनले सबैको ध्यान तान्यो । मानिसका भित्री अँगहरु प्रदर्शनमा थिए । किड्नी, मुटु, फोक्सा जस्ता अँगहरुको काम र यसको रेखदेख कसरी गर्ने भनी सुझाउँदै थिए । वास्तविक मानिसका भित्रीअँगहरु कस्ता हुन्छन भन्ने छर्लँगै थियो । मुटु रोग लाग्दा त्यसबाट हुने समस्या र स्याहार सुसारको बारेमा बताउँदै थिए । मुटुरोगका लागि डाईलाईसिस कसरी गर्ने र बचाउने भन्ने बारे बताउँदा अभिभाबक हरु ध्यानमग्न भए ।
त्यस्तै सचिन गाहा मगरको समुहले प्रदर्शनीमा राखेको एटिएम मेसिनले आश्चर्य नै बनायो । कार्ड घुसाउँदा साँच्चिकै पैशा निस्कने मेसिन हकिकत जस्तै थियो । त्यो देख्दा र प्रत्यक्ष अनुभव गर्दा बैँकबाट पैशा निकालेकै जस्तो अनुभूति भयो । प्रदर्शनीले बिद्यार्थीले मेहनत गरेपछी अबस्य सफल भईन्छ भन्ने सन्देश दिँदै थियो । उनिहरुजस्तै कक्षा १० मा अध्ययनरत सफल सुबेदीको समुहले क्रेन, स्क्याभेटर, फोरक्लिप जस्ता हेभी मेसिनहरु चलाउँदै थिए । दुरुस्तै देखिने ती प्रदर्शनीहरु आश्चर्य नै थियो । हाईड्रोलिक सिस्टमबाट चल्ने ती मेसिहरुलाई प्रयोग गरि तिनको काम गरेर बिद्यार्थीहरुले देखाउँदै थिए ।
त्यस्तै कोही बिद्यार्थी बिद्यालय प्राङ्गनमा रिमोटबाट सानो कार दौडाउदै गरेको देखिए । मुबायल ब्लुथुत कनेक्सनबाट कार कुदाउँदै थिए । टेक्नोलोजीलाई पछ्याउने हो भने यो देशले सजिलै फड्को मार्छ भन्ने गतिलो उदाहरण हो । बिद्यार्थीहरुले विभिन्न टेक्नोलोजी प्रयोग गरि अनौठा सामाग्री प्रदर्शनमा राखेका थिए । मोडल सिटीको परिकल्पना गरि लमही बजारपनि यस्तै बनाउनुपर्ने जोड दिदै थिए । स्वच्छ खानेपानी पिउनुले शरीर स्वस्थ हुने सँकेत गर्दै पानी शुद्धीकरण उपकरणपनि प्रदर्शनीमा थियो । खानाका परिकार, विभिन्न भेषभुषा, कला सँस्कृतीहरु झल्काउने गरि प्रदर्शन गरिएका थिए । बिद्यार्थीको प्रदर्शनीले ब्यबहारिक सिपमा पनि अब्बल रहेको सँकेत गरेको थियो । यिनी सबै रोजी बड्स बालबाटिका बोर्डिङ स्कुलको २३ औँ बार्षिकोत्सब तथा अभिभाबक दिवसका दिन देखिएका हुन । बिद्यार्थीहरुको क्षमता अभिबृद्दी गर्न शैक्षिक प्रदर्शनीहरु राखिएको बिद्यालयले जनाएको छ ।
बिहिवार बार्षिकोत्सब तथा अभिभाबक दिवस भब्यताका साथ बिद्यालयले बिहीबार सम्पन्न गरेको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गोबिन्द वलीको शभापतित्व एबम् लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी योगीले शैक्षिक गुणस्तरलाई बढाउनुपर्नेमा जोड दिनु भयो । देउखुरी क्षेत्रमा अब्बल बिद्यालय बन्नुपर्ने शुभकामना दिईन । उहाँले सैद्धान्तिक सँगै ब्यबहारिक ज्ञानपनि आबस्यक रहने भएकोले त्यसतर्फ ध्यान दिन अनुरोध गर्नु भयो ।
विद्यालयका लेखा संयोजक सुरेश शाहको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसाल, लमही नगरपालिकाका निवर्तमान मेयर कुलबहादुर केसी,पृयु टेक्निकल कलेजका अध्यक्ष प्रदीपराज शर्मा,गढवा बहुमुखी क्याम्पसका प्रमुख बिकाश रजौरे,विद्यालयका पुर्व अध्यक्ष बिनय कुमार मिश्र,पत्रकार राधेश्याम गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अबसरमा पुर्ब बिद्यार्थीहरु ४५ जनालाई सम्मान गरिएको थियो । शैक्षिक प्रतिबेदन विद्यालयका प्रिन्सिपल बसन्त न्यौपानेले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्लस टु कोडिनिटर पुर्ण वली र एग्जाम संयोजक कृष्ण घिमिरेले गर्नु भएको थियो ।



