
Sgp
lnp
Rgp
ksb
Jns
Rgp
Rgp
Asb
Ggp
Ggp
Rgp
Lnp
Dus
Usb
Lks

lms

दाङ । दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनर गुरुकुल एकेडेमी घोराही भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १५ रतनपुरस्थित सो विद्यालय अफिसियल स्कुल पार्टनर बनेको हो ।
बिहीबार आयोजक र गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेबीच अफिसियल स्कुल पार्टनर सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतियोगिता सफल बनाउन विद्यालयले अफिसियल स्कुल पार्टनरका रुपमा भुमिका खेल्ने भएपछि आयोजकले आभार प्रकट गरेको छ ।
संस्कार,संस्कृति तथा खेलकुद क्षेत्रसंग जाेडियाे हरेक क्षेत्रमा गुरुकुल ऐकेडेमी जाेडिदै आएकाे छ । शैक्षिक हव बनाउने उद्वेश्यले दाङकाे अन्य २ ठुला शहर लमही र तुलसिपुरमा पनि शैक्षिक सत्र २०८१ बाट गुरुकुकल ऐकेडेमीले पठनपाठन संचालन गराउने भएकाे छ ।
