
Gsl
Sssbus1
Ssbus
Sssbus1
Ssbus
Ssbus
ssbus
Pbu
tssbus
nsm

Sls
Tsm
Ssm
Wsp
Gst
Pvg
Rgu
Rsb
Sbs
Ksm
Rgu
Asm
Hal
Rgs
Ggd
Vor
nsb
Bbu
Bbbpu

Syp
Ptm
Abd
Gsb
Jmb
bbt
Pls
Bml
Jmb
Rpp
Rmb
Mks
sab
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ स्थित माध्यमिक बिद्यालय चैनपुरले बिद्यालय स्थापना भएको ६१ बर्षपछि पहिलो पटक विविध कार्यक्रमका साथ बार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।
सरस्वती पूजा बसन्त पञ्चमीको अवसर पारेर बिद्यालयले पहिलो पटक बार्षिकोत्सव आयोजना गरेको र यसलाई निरन्तरता दिईने बिद्यालयका प्रअ हिमाल प्रकाश अधिकारीले जानकारी दिनुभएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष द्धारिका प्रसाद यादवको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सव समारोहको उृद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख पोख्रेलले शिक्षा क्षेत्र समाज बिकासको महत्वपुर्ण क्षेत्र भएकोले गढवा गाउँपालिकाले निति कार्यक्रम बनाएर बजेट बिनीयोजन समेत गरि शैक्षिक सुधारका योजनाहरु कार्यान्वयन तर्फ लैजान थालेको बताउनुभयो । सामुदायिक बिद्यालयको शिक्षा प्रति बिद्यार्थी र अभिभावकहरुको चाँसो घट्न थालेको र लगानी बमोजिमको प्रतिफल आउन नसकेको प्रति गंभिर चिन्ता ब्यक्त गर्दै गाउँपालिकाको तर्फबाट थुप्रै शैक्षिक गुणस्तर सुधारका कार्ययोजनाहरु लागुगर्ने योजना बनाएको बताउनुभयो ।
सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी संख्या र तहगत आधारमा शिक्षक दरबन्दी मिलान गरिएको, केहि बिद्यालयहरुमा जिवनमूलय शिक्षा लागु गरिएको र सबै बिद्यालयहरुका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम पठन–पाठन गर्न थालिएको अध्यक्ष पोखे्रलले बताउनुभयो ।
कार्यक्रममा शिक्षाप्रेमी बुद्धिजीवी प्रदिपराज शर्मा,महेन्द्र क्याम्पस दाङका पुर्व क्याम्पस प्रमुख अर्जुन कुमार बुढाथोकी, पुर्व प्रअ द्रोणचाचर्य घिमिरे, टंक बुढाथोकी,पुर्व वडा अध्यक्ष तथा रोजी बड्स लमहीको बिब्यस अध्यक्ष गोबिन्द ओली, सल्लाहकार रमा कार्की, ज्ञानबहादुर चौधरी,शिक्षक अभिभावक संघका अध्यक्ष रामशरण यादव, प्राबि खजरौटाका प्रअ सेवकराम यादव,सिपी नेपालका हेमराज शर्मा,पत्रकार महासंघ दाङका सदस्य दुखहरण यादव लगायतले शुभाकामना दिनुभएको थियो ।
यस बिद्यालयले पशु बिज्ञान अन्तरगतको प्राबिधिक धार संचालन गर्दै आएको र लुम्बिनी प्रदेशमै प्राबिधिक धारतर्फ उत्कृष्ट स्थान हाँसिल गरि क्वालीटी परियोजना हातपार्न सफल भएको प्रधानाध्यापक हिमाल प्रसाद अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा बिद्यालयका प्रअ अधिकारीले संस्थागत प्रगति प्रतिवेदन र बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएका थियोे । कार्यक्रममा बर्षभरीको पठन पाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
बार्षिकोत्सव समारोहमा पूर्व अध्यक्षहरु द्रोणाचार्य घिमिरे, बिष्णु कुमाल, गिरिराज केसी र प्रेमकुमार झा लगायतलाई सम्मान गरिएको थियो भने सिपी नेपालका हेमराज शर्मा, कृषि बिकास बैंक गढवा र शिक्षाप्रेमी बुद्धिजीवी अर्जुन कुमार बुढाथोकीलाई सम्मान गरिएको थियो । यसैगरी बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरु श्रीप्रसाद चौधरी, हेमन्त कुमार चौधरी,देविराम कार्की लगायत ६ जनालाई सम्मान गरिएको थियो । बिद्यालयका शिक्षक मेघराज यादवको स्वागत मन्तब्यबाट आरम्भ भएको बार्षिकोत्सव समारोहको सञ्चालन शिक्षक दामबहादुर बुढाथोकीले गर्नुभएको थियो ।

