
Bs1
Sssbus1
ssbus
nsm
Ssbus
tssbus
Pbu
Gsl
Sssbus1
Ssbus
Ssbus

Sls
Rgs
Bbbpu
Vor
Rgu
Ggd
Asm
nsb
Rgu
Pvg
Sbs
Ksm
Ssm
Hal
Bbu
Gst
Rsb
Tsm
Wsp

Gsb
Pls
Mks
Jmb
sab
Rmb
Ptm
Abd
Bml
Rpp
Jmb
bbt
Syp
दाङ । घाेराही उपमहानगरपालिका वडा नम्बर १७ चाैघेरामा रहेको मनकामना इङलिस सेकेन्डरी बाेर्डिङ स्कुलकाे २१ औं वार्षिकोत्सब समाहरोह मंगलबार भव्य साथ सम्पन्न भएकाे छ ।
विद्यालयका प्रिन्सिपल बालकृष्ण ओलीकाे अध्यक्षता तथा प्याब्सन घाेराही नगरका अध्यक्ष बीरेन्द्र चन्दकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चन्दले मनकामना इङलिस सेकेन्डरी बोर्डिङ स्कुलले भव्य साथ आफ्नो वार्षिकोत्सब मनाउदै गर्दा आफु धेरै खुशी भएको बताउनु भयो ।
त्यस्तै उहाँले प्याब्सन घोराही नगर मातहतमा रहेका ६४ वटा संस्थागत विद्यालयहरु मध्य गुणस्तरीय शिक्षा प्रदान गर्ने एक विद्यालय सदस्य मनकामना रहेको बताउनु भयो । प्रमुख अतिथिको आशनबाट बोल्दै चन्दले ७० वर्षको आयु बोकेको चिलको उदाहरण दिदै अभिभावकहरुलाई समयमा आफ्ना बालबालिकालाई कस्तो शिक्षा प्रदान गर्ने भन्ने विषयमा गम्भीर भएर लाग्नु पर्ने सुझाव दिनु भयो ।
त्यस्तै उहाँले आफ्नो सन्ततिलाई भविष्यको सहारा बनाउनका लागि समयमा संस्कार सहितको शिक्षा दिनुपर्ने बताउनु भयो । बालबालिकालाई स्कुल पठाएर मात्र नहुने र कस्तो शिक्षा लिइरहेको छ भनेर अभिभावकहरुले पनि आफ्नो स्थानबाट समयमा ख्याल गर्नुपर्ने बताउनु भयो ।
उक्त भव्य समाहरोह कार्यक्रममा विद्यार्थी,शिक्षक, शिक्षिकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु राख्नु भएको थियो । विद्यालयकाे वार्षिक शैक्षिक क्यालेन्डर अनुसार भएका अतिरिक्त क्रियाकलाप र गत माघ २४ गतेदेखि वार्षिकोत्सबका अवसरमा भएका विभिन्न खेलकुद र अन्य विविध कार्यक्रमबाट उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार,प्रमाणपत्र तथा मेडल प्रदान गरिएकाे थियोे ।
त्यस्तै विद्यालयमा ३ वर्षसम्म टिकेर अध्यापन गराउने शिक्षक,शिक्षिकाहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयमा एक दिन गयल नभई दैनिक आउने विद्यार्थीलाई सम्मान गरिएको थियो । यस्तै विद्यालयका सम्पूर्ण शिक्षक,शिक्षिकाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल बालकृष्ण ओलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे भने कार्यक्रमकाे संचालन शिक्षक प्रकाश कालाथाेकी र शिक्षिका इच्छा राेका मगरले गर्नु भएको थियाे ।



