आशिष केसी शनिबार, माघ २७, २०८०

दाङ । नेपाली सांगितिक क्षेत्रका चर्चित गायक पुस्कल शर्माले नेपाली गित संगितमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार तुलसीपुरमा गायक शर्मा सँग गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा गायक शर्माले विशेषगरी लोक गित र संगितमा मौलिकता हराउँदै गएको बताए । पछिल्लो समय छोटो समयमा नै चर्चामा आउने उद्देश्यले गितमा अपाच्य शब्द प्रयोग गर्दा यसले समाजमा विकृति फैलाउँदै गएको उनको भनाई थियो ।

अपाच्य शब्द र भद्दा दृश्यका कारण पाएको चर्चा धेरै नटिक्ने भन्दै गित संगितमा स्थापित हुन शब्दमा मौलिकता र सृजनसिलता हुनुपर्ने उनको धारणा थियो । उनले भने – “मैले गायन यात्रा सुरु गर्दा सुख दु:ख र वेदनाका गितहरुमा मौलिकता झल्कन्थ्यो, अहिले हराउँदै गएको महसुस भएको छ ।” त्यस्तै आगामी दिनमा दर्शक श्रोताको अझै मन जित्ने गितहरु ल्याउने बताए ।

त्यस्तै साथै उनले लोक गित संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने बताए । गित संगित सँगै आफ्नो रुचि चलचित्रमा समेत भएकोले आफुलाई उपयुक्त लागेको कथावस्तु भएको चलचित्र बाट अफर आए अब अभिनेताको भुमिकामा समेत देखिने उनले बताए । हालसम्म केही चलचित्र बाट अफर आएपनि आफुलाई कथावस्तु मन नपरेका कारण अघि नबढेको उनको भनाई थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य एकराज भण्डारीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]