
Gsl
Syees
Ratbs
Pbu
Amb
Rbs
gms
Ssbus
dsbus
Bksbus5
syysr
Gsbus
Csbus
Nssbus7
Jsbus
Ddhbs

Sls
nsb
Rgu
Tsm
Rgu
Pvg
Rgs
Ksm
Gst
Bbbpu
Wsp
Asm
Ggd
Vor
Sbs
Hal
Bbu
Ssm
Rsb

Rpp
Syp
Mks
Ptm
Bml
Jmb
Gsb
Pls
Jmb
sab
Abd
bbt
Rmb
दाङ । नेपाली सांगितिक क्षेत्रका चर्चित गायक पुस्कल शर्माले नेपाली गित संगितमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार तुलसीपुरमा गायक शर्मा सँग गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा गायक शर्माले विशेषगरी लोक गित र संगितमा मौलिकता हराउँदै गएको बताए । पछिल्लो समय छोटो समयमा नै चर्चामा आउने उद्देश्यले गितमा अपाच्य शब्द प्रयोग गर्दा यसले समाजमा विकृति फैलाउँदै गएको उनको भनाई थियो ।
अपाच्य शब्द र भद्दा दृश्यका कारण पाएको चर्चा धेरै नटिक्ने भन्दै गित संगितमा स्थापित हुन शब्दमा मौलिकता र सृजनसिलता हुनुपर्ने उनको धारणा थियो । उनले भने – “मैले गायन यात्रा सुरु गर्दा सुख दु:ख र वेदनाका गितहरुमा मौलिकता झल्कन्थ्यो, अहिले हराउँदै गएको महसुस भएको छ ।” त्यस्तै आगामी दिनमा दर्शक श्रोताको अझै मन जित्ने गितहरु ल्याउने बताए ।
त्यस्तै साथै उनले लोक गित संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने बताए । गित संगित सँगै आफ्नो रुचि चलचित्रमा समेत भएकोले आफुलाई उपयुक्त लागेको कथावस्तु भएको चलचित्र बाट अफर आए अब अभिनेताको भुमिकामा समेत देखिने उनले बताए । हालसम्म केही चलचित्र बाट अफर आएपनि आफुलाई कथावस्तु मन नपरेका कारण अघि नबढेको उनको भनाई थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य एकराज भण्डारीले गरेका थिए ।
