
tssbus
Sssbus1
Pbu
Ssbus
Gsl
Sssbus1
Ssbus
ssbus
Ssbus
nsm

Ksm
Vor
Bbu
Sls
Pvg
Hal
Ssm
Sbs
Bbbpu
Rgs
Tsm
Wsp
Asm
Gst
Rsb
nsb
Ggd
Rgu
Rgu

Gsb
Rmb
Ptm
bbt
Jmb
Pls
Bml
Rpp
Jmb
Syp
Mks
Abd
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी १ दिने कार्यक्रम गरेको छ।
संस्थाले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालयमा १ दिने वित्तीय साक्षरता कार्यक्रम गरेको हो । संस्थाकी शिक्षा उपसमिति संयोजक हरिकला पाण्डेको अध्यक्षता एवम् संस्थाका अध्यक्ष रेशमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीको इतिहास देखि वर्तमान अवस्था बारे जानकारी बचत तथा ऋण र विद्यार्थी जिवनमा बचत किन आवश्यक छ र यसका फाइदा लगायतका विषयमा जानकारी गराइएको थियोे ।
त्यस्तै कक्षा ९, १०,११ र १२ का ८३ जना विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण हरियाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक उमेशकुमार चौधरीले गर्नु भएको थियो । कार्यक्रममा शंकर माविका प्रधानाध्यापक सुवर्णमान चौधरी र ऋण शाखा प्रमुख पुष्पा रोका थापाको उपस्थित रहेको थियो ।
