
nsm
tssbus
Sssbus1
Gsl
Ssbus
Sssbus1
Ssbus
ssbus
Pbu
Ssbus

Ggd
Bbbpu
Sbs
Wsp
Gst
Asm
Pvg
Sls
Bbu
nsb
Tsm
Vor
Rgs
Hal
Rgu
Rgu
Rsb
Ssm
Ksm

Ptm
Syp
Rpp
Rmb
Jmb
bbt
Jmb
Gsb
Pls
Mks
Abd
Bml
sab
दाङ । नेपाल स्काउट स्थानिय परिषद राप्ती गाउँपालिकाको सदस्य पदको निर्वाचन सम्पन्न भएको छ ।
साेमबार सम्पन्न भएको निर्वाचनमा छबिलाल कडेल, मोहनलाल नेपाली र माधवप्रसाद सिंह निर्वाचित हुनु भएको छ । स्थानिय स्काउट परिषदमा ३ महिला सहित ६ जना सदस्य निर्वाचन प्रक्रियाबाट निर्वाचित हुने व्यवस्था भए तापनि अनलाईन मार्फत ३ जनाको मात्र उम्मेदवारी परेकाले उहाँहरु सदस्य पदमा स्वत निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दामोदर आचार्यले जानकारी दिनु भयाे ।
विजयी सदस्यहरुलाई सदस्यताकाे प्रमाणपत्र प्रदान गरिएको छ । यसैबीच स्थानिय स्काउट समितिको बैठकले छबिलाल कडेललाई राप्ती गाउँपालिकाको स्थानिय आयुक्तमा नियुक्त गरेको छ ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा स्थानिय स्काउट समितिकी अध्यक्ष कमलापती चौधरीको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष तथा स्थानिय स्काउट समितिका संरक्षक प्रकाश विष्टको प्रमुख आतिथ्यता र प्रमुख प्रसासकीय अधिकृत नेब बहादुर ओली,स्थानिय स्काउट समितिका सदस्य सचिव विश्वास बिककाे उपस्थितिमा सम्पन्न समितिकाे बैठकले आयुक्तमा कडेललाई नियुक्त गरेको हाे।
त्यस्तै बैठकले स्थानिय स्काउट समिती बिस्तार गर्नको लागि आगामी माघ २५ गते भेला गर्ने निर्णय गरेको छ। राप्ती गाउँपालिकाले गत आर्थिक वर्षमा पालिका अन्तर्गतका विभिन्न विद्यालयमा कार्यरत १८ जना शिक्षकहरुलाई स्काउट सम्बन्धी आधारभुत तालिम प्रदान गरिएको थियो ।
त्यस मध्ये केही शिक्षकले स्काउट टृप दर्ता गरि विभिन्न विद्यालयमा युवा विद्यार्थीलाई कुलत र दुव्र्यसनबाट जोगाउन, स्यवंसेवी र राष्ट्रप्रेमको भावना बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ । हाल राप्ती गाउँपालिकामा १८ जना स्काउट मास्टर र करिब ३०० जना स्काउटर विद्यार्थीहरु रहेका छन्।
