आलोक भावुक/गढवा शनिबार, माघ २०, २०८०

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ ।

सनिवार सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी ‘बिप्लव’ जनता समाजबादी पार्टी नेपाल, एकीकृत समाजबादी लगायतका पार्टीहरुको साझा उम्मेदवारहरु भारी मतान्तरले निर्वाचित हुनु भएको छ भने नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारहरु भारी मतान्तरले पराजित हुनुभएको छ।

त्यस्तै माओवादी सहितका साझा उम्मेदवारहरु गणेश कुमाल (परेवा) ४ सय २९ मत, छुकनीया चौधरी (हवाईजहाज)४ सय ०२ मत, हिमा परियार (पंखा) ३ सय ९९ मत र टिका राम चौधरी (साईकल)३ सय ९८ मप प्राप्त गरि निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्याम बहादुर बिकले जानकारी दिनुभयो।

त्यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका तर्फबाट साझा उम्मेदवार गोपाल प्रसाद पाण्डेय (घडी) १ सय ४४ मत, निता चौधरी (खरायो) १ सय ३७ मत, हरिराज चौधरी (कैची) १ सय ३५ मत र देवका नेपाली (फुटबल) १ सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले घोषणा गरी जानकारी गराएको छ।

यस्तै कुल ८ सय ७४ मतदाता रहेको सो निर्वाचनमा ५ सय ९२ मत खसेको थियो। भने १९ मत बदर भएको हो। बिहान ८ बजे बाट मतगणना सुरु भई ३ बजे सम्पन्न भएको थियो। करिव ४ बजेबाट मतगणनाको कार्य सुरु भई ७ बजे मतगणनाको अन्तिम मतपरिणाम निर्वाचन समितिले घोषणा गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]