
Sssbus1
Ssbus
Ssbus
tssbus
Gsl
ssbus
Sssbus1
nsm
Pbu
Ssbus

Asm
Ksm
Ggd
Ssm
Rgs
Gst
Hal
Sls
Wsp
Bbbpu
Pvg
Rsb
Bbu
Vor
nsb
Sbs
Tsm
Rgu
Rgu

Bml
Jmb
Rpp
Pls
Jmb
bbt
sab
Rmb
Gsb
Syp
Mks
Ptm
Abd
दाङ । लमही स्थित सनलाईट मोडर्न सेकेण्डरी स्कुलमा शुक्रबार रौनक थियो । बिद्यार्थीहरु आफ्ना कलाहरु प्रदर्शनमा राखेर त्यसका बारेमा बताउँदै थिए । अनौठा अनौठा कला प्रदर्शनीले सबैको ध्यान तान्यो । कक्षा ८ मा अध्ययनरत मनुस्का अधिकारी लगायतको टिमले अनौठो बृज (पुल) प्रदर्शनमा राखेका थिए । आबस्यक पर्दा बिचबाट फाट्ने र पुन: जोडिने पुलले आश्चर्य नै बनायो ।
जुन पुल नेपालमा छैन । बिद्यार्थीले परिकल्पना गरेर निर्मान गरी प्रदर्शनीमा राखेका थिए । हाड्रोलिक सिस्टमबाट पुल फाट्ने र जोड्ने गर्छ । ‘ठूलो भएपछी नेपालमा यस्तै पुल बनाउन मन छ मनुस्काले भनिन- म नेपाली होनी ।’
बिद्यार्थीहरु आफ्नो कला देखाउन पाउँदा निकै हौसिएका थिए । उनिहरुजस्तै कक्षा ३ मा अध्ययनरत सुजल सिँह ठकुरीको समुहले अन्नको गेडागुडी प्रयोग गरि नेपालको नक्सा प्रस्तुत गरेका थिए । दुरुस्तै नेपालको नक्सा देखिने तथा तराई, पहाड, हिमाल झल्काउने विभिन्न रँङका गेडागुडीले छुट्टाएका थिए । नेपाल अन्नको भण्डार देश हो भनी चिनाउन अन्नको प्रयोग गरिएको ठकुरीले बताए ।
त्यस्तै कक्षा ९ मा अध्ययनरत कृष्ण शाह बिद्यालय प्राङ्गनमा रिमोटबाट सानो कार दौडाउदै गरेको देखिए । मुबायल ब्लुथुत कनेक्सनबाट उनले कार कुदाउँदै थिए ।
जसलाई ब्लुथुत मोटर आर सि कन्ट्रोलर कार भन्ने गरिन्छ । टेक्नोलोजीलाई पछ्छाउने हो भने यो देशले सजिलै फड्को मार्छ भन्ने गतिलो उदाहरण हो । बिद्यार्थीहरुले विभिन्न टेक्नोलोजी प्रयोग गरि अनौठा सामाग्री प्रदर्शनमा राखेका थिए । मोडल सिटीको परिकल्पना गरि लमही बजारपनि यस्तै बनाउनुपर्ने जोड दिदै थिए । स्वच्छ खानेपानी पिउनुले शरीर स्वस्थ हुने सँकेत गर्दै पानी शुद्धीकरण उपकरणपनि प्रदर्शनीमा थियो । खानाका परिकार, विभिन्न भेषभुषा, कला सँस्कृतीहरु झल्काउने गरि प्रदर्शन गरिएका थिए ।
यिनी सबै सनलाईट स्कुलले आयोजना गरेको शैक्षिक मेलामा देखिएका हुन । बिद्यार्थीहरुको क्षमता अभिबृद्दी गर्न शैक्षिक मेलाको आयोजना गरिएको हो । शैद्दान्तिक ज्ञान मात्र नभई ब्यबहारिक ज्ञानपनि आबस्यक पर्ने भएकोले यस्तो कार्यक्रमको आयोजना गरिएको सनलाईट मोडर्न स्कुलका प्राचार्य रेशम बहादुर बुढाले बताए । ‘बिद्यार्थीको कला कौशललाई उजागर गराउनुपर्छ प्राचार्य बुढाले भने शैद्दान्तिक त सिके अब ब्यबहारिक सिके कि नाई भनेर दक्षता हेर्न देखाउनका लागि कार्यक्रम गरिएको हो ।’
बिद्यार्थीले खाना बनाउन सक्छन कि नाई भनेर खानाका परिकार पनि राखिएको थियो । विभिन्न जातजातीका परिकारहरुले बिद्यार्थीले पाहुना तथा अभिभाबकलाई स-शुल्क स्वागत गर्दै थिए । सँगै दुना टपरी जस्ता आफै बनाउदै थिए । मेहनत गरेपछि आम्दानी गर्न सकिन्छ भन्ने बिद्यार्थीहरुले सँकेत गरेका थिए । उनिहरुलाई हौसला प्रदान गर्न र आर्थिक सँग जोडिनुपर्छ भन्ने सँकेत सहित यस्तो कार्यक्रम गरिएको शैक्षिक मेलाका सँयोजक तथा सहायक प्रिन्सिपल खिम पुनले बताए । बिद्यार्थीको कलाले आफै दँग परेको बताउँदै उनले साँच्चिकै बिद्यार्थीका अनेक क्षमताले खुसी बनाएको बताए । सबैमा आ आफ्नै कला हुन्छ, तिनलाई उजगार गर्न पर्छ सँयोजक पुनले भने जसले गर्दा बिद्यार्थीहरु ब्यबहारिक तर्फ धल्किदै प्रगती तिर लाग्नेछन ।






