सागर रोका क्षेत्री शुक्रबार, माघ १९, २०८०

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकास्थित गौरिशंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जगेन्द्र रानाको प्यानल विजयी भएको छ ।

बुधबार भएको विद्यालयक निर्वाचनबाट निर्वाचित हुनेमा अध्यक्ष जगेन्द्र राना,सदस्यहरु गौसरी खड्का, प्रदिप विक,सुनमाली कँवर,मिना विक,बालाराम गिरी रहेका छन् ।

निर्वाचनमा कुल ९३ मतदाता मध्ये ८१ मत खसेको थियो । जगेन्द्र रानाको प्यानलको पक्षमा ४० मत र विपक्षमा ३८ मत खसेको थियो भने ३ मत बदर भएको हो । लामो समयदेखि गौरिशंकर माध्यमिक विद्यालय विव्यसको नेतृत्वविहीन थियो । विद्यालयमा अभिभावक भेलाबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको हो ।

विद्यालय विव्यसविहीन हुँदा विद्यालयको शैक्षिक तथा पूर्वाधारको विकास हुन सकेको थिएन । नवनिर्वाचित विव्यसका अध्यक्ष जगेन्द्र रानाले विगतमा विद्यालयमा भएका गलत गतिविधिको अन्त्य गर्दै आफ्नो कार्यकालमा शैक्षिक गुणस्तरलाई सुधार गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अध्यक्षको कार्यभार सम्हाल्दै रानाले आफ्नो कार्यकालमा विद्यालयमा शिक्षक तथा विद्यार्थीको अनियमिततालाई नियमित गराउने, शैक्षिक गुणस्तरता बृद्धि गर्न पहल गर्ने, चाडै नै विद्यालयको सामाजिक लेखा परीक्षण गराउने प्रतिबिद्धता जनाउनु भएको छ । शैक्षिक गुणस्तरलाई बृद्धि गर्नुका साथै भौतिक पूर्वाधारलाई विकास गर्न सबै क्षेत्रबाट पहल गर्ने अध्यक्ष रानाले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]