
ssbus
Ssbus
tssbus
Pbu
Gsl
Sssbus1
Ssbus
nsm
Sssbus1
Ssbus

Sbs
Rgu
Rgu
Ssm
Ggd
Wsp
Tsm
Sls
Asm
Vor
Pvg
Ksm
Bbu
nsb
Rgs
Hal
Gst
Rsb
Bbbpu

Syp
Jmb
Gsb
Abd
Rpp
Jmb
Bml
sab
Rmb
Pls
Mks
Ptm
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकास्थित गौरिशंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जगेन्द्र रानाको प्यानल विजयी भएको छ ।
बुधबार भएको विद्यालयक निर्वाचनबाट निर्वाचित हुनेमा अध्यक्ष जगेन्द्र राना,सदस्यहरु गौसरी खड्का, प्रदिप विक,सुनमाली कँवर,मिना विक,बालाराम गिरी रहेका छन् ।
निर्वाचनमा कुल ९३ मतदाता मध्ये ८१ मत खसेको थियो । जगेन्द्र रानाको प्यानलको पक्षमा ४० मत र विपक्षमा ३८ मत खसेको थियो भने ३ मत बदर भएको हो । लामो समयदेखि गौरिशंकर माध्यमिक विद्यालय विव्यसको नेतृत्वविहीन थियो । विद्यालयमा अभिभावक भेलाबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको हो ।
विद्यालय विव्यसविहीन हुँदा विद्यालयको शैक्षिक तथा पूर्वाधारको विकास हुन सकेको थिएन । नवनिर्वाचित विव्यसका अध्यक्ष जगेन्द्र रानाले विगतमा विद्यालयमा भएका गलत गतिविधिको अन्त्य गर्दै आफ्नो कार्यकालमा शैक्षिक गुणस्तरलाई सुधार गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
अध्यक्षको कार्यभार सम्हाल्दै रानाले आफ्नो कार्यकालमा विद्यालयमा शिक्षक तथा विद्यार्थीको अनियमिततालाई नियमित गराउने, शैक्षिक गुणस्तरता बृद्धि गर्न पहल गर्ने, चाडै नै विद्यालयको सामाजिक लेखा परीक्षण गराउने प्रतिबिद्धता जनाउनु भएको छ । शैक्षिक गुणस्तरलाई बृद्धि गर्नुका साथै भौतिक पूर्वाधारलाई विकास गर्न सबै क्षेत्रबाट पहल गर्ने अध्यक्ष रानाले बताउनु भयो ।
