
Sssbus1
nsm
Ssbus
Sssbus1
Ssbus
Ssbus
ssbus
tssbus
Pbu
Gsl

Tsm
Bbu
Asm
Bbbpu
Gst
Pvg
Wsp
nsb
Ksm
Ggd
Rgs
Ssm
Rgu
Rsb
Sbs
Hal
Sls
Rgu
Vor

sab
Ptm
Abd
Rpp
Jmb
Syp
Pls
Mks
bbt
Jmb
Rmb
Bml
Gsb
दाङ । देउखुरीको गढवा स्थित दुर्गा आधारभूत बिद्यालयले बिहिवार बिविध कार्यक्रमका साथ ३५ औं बार्षिकोत्सव मनाएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहनलाल रानाको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सव समारोहको समुद्घाटन गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोखे्रलले गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखे्रलले गढवा गाउँपालिकाले सबै सरकारी बिद्यालयहरुको पठन–पाठनको गुणस्तर बृद्धि गर्न बिभिन्न योजनाहरु बनाएर कार्यान्वयन गर्न थालेको बताउनुभयो ।
बिद्यार्थीहरुको पठन–पाठन सुधार गर्न घरैबाट अभिभावकहरुले चाँसो दिनुपर्ने र बिद्यालयमा शिक्षकहरुले पनि कठोर मेहनत गर्नुपर्ने बताउनुभयो । बिद्यार्थीहरुको पहिलो पाठशाला घर भएकोले अभिभावकहरुले वाल मनोबिज्ञानमा नकारात्मक असर पर्ने खालका कृयाकलाप गर्न नहुने उहाँले भन्नुभयो । बिद्यालयको शैक्षिक तथा भौतिक उन्नयनका लागि स्थानीय सरकारको तर्फबाट पूर्ण पहल हुने प्रतिवद्धता समेत उहाँले जाहेर गर्नुभयो ।
सो अवसरमा गढवा गाउँपािलिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले मगरले बिद्यालयको जग्गा ब्यवस्थापन र शैक्षिक तथा भौतिक बिकासका लागि वडा कार्यालयको तर्फबाट पहल भैरहेको औंल्याउनुभयो । कार्यक्रममा सो बिद्यालयका संस्थापक बिब्यस अध्यक्ष उमाकान्त पन्त,वडा सदस्य तथा गाउँशिक्षा समितिका सदस्य दिनमणि आचार्य,पुर्व प्रअ चन्द्रराज पाण्डे,शिक्षा बिज्ञ कमल सिलवाल,जनता माबि गढवाका पूर्व बिब्यस अध्यक्ष तथा दुर्गा आधारभूतका पुर्व प्रअ रेशम बिसी,भ्याली पब्लिक बोर्डिङ गढवाका प्रिन्सीपल रोशन धिताल, वालकल्याण आधारभूत बिद्यालयका अध्यक्ष हुमाकान्त सुवेदी र शुभतारा माबि गढवाका सहायक प्रिन्सीपल मधुबाबु थापा तथा शिक्षाप्रेमी बुद्धिजिवी जितबहादुर आले लगायतले बिद्यालयको शैक्षिक तथा भौतिक उन्नतिको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सो बिद्यालयका संस्थापक तथा पुर्व अध्यक्षहरु, पुर्व प्रअहरु, बिव्यसका पदाधिकारीहरु र बार्षिकोत्सव समारोहलाई आर्थीक सहयोग गर्नुहुने सहयोगदाताहरु तथा पुरस्कार सौजन्कर्ताहरु गरि दर्जनौ ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यालयको बार्षिक योजनाका बारेमा प्रधानाध्यापक स्वामीदयाल यादवले प्रकाश पार्नुभएको थियो ।
त्यस्तै बर्षभरीको पठनपाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने सबै कक्षाका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । बिद्यालयका शिक्षक जमूना पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक बिष्णु प्रसाद पोखे्रलले गर्नुभएको थियो । सो अवसरमा बिविध साँस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।

