
Pbu
Csbus
Rbs
Syees
Amb
syysr
Ddhbs
Gsl
dsbus
Ratbs
Ssbus
gms
Nssbus7
Jsbus
Bksbus5
Gsbus

Rsb
Vor
Rgu
Gst
Tsm
Bbu
nsb
Ssm
Sbs
Sls
Bbbpu
Rgu
Ggd
Pvg
Rgs
Hal
Ksm
Wsp
Asm

Ptm
Rmb
Rpp
Abd
Jmb
Mks
Bml
Jmb
bbt
Syp
Gsb
sab
Pls
दाङ । देउखुरीको गढवामा रहेको बालकल्याण आधारभूत विद्यालयले जीवनमूल्य शिक्षाका बारेमा विद्यालयका शिक्षकहरुलाई शिक्षा बिज्ञ मार्फत सिकाई अभ्यास गराउन थालेको छ ।
गत शुक्रवारदेखि सो विद्यालयले बिहान ८ बजेदेखि साझ ६ बजेसम्म अतिरिक्त कृयाकलाप सहितको कक्षा सञ्चालन गर्न थालेपछि शिक्षकहरुलाई समेत जीवनमूल्य शिक्षण बिधि सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक ताराप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई पढाउन कक्षा कोठामा प्रबेश गर्दादेखि पुरै घण्टि पढाउँदासम्म गरिने शिक्षण बिधिका बारेमा मिहिन ढंगले शिक्षकहरुलाई सिकाई अभ्यास गराउन थालिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदीले बताउनु भयो । शिक्षकहरुले पठन–पाठन गर्दा विद्यार्थीहरुसंग मित्रवत ब्यवहार गर्नुपर्ने,वाल मनोबिज्ञानलाई राम्रोसंग नियालेर सिकाई अभ्यास गर्नुपर्ने, प्रश्नोत्तर खेल र छलफलका माध्यमबाट पठन–पाठन गर्नुपर्ने आदि विषयमा शिक्षा बिज्ञ कमल सिलवाल र तुमोला ढुंगानाले प्रशिक्षण दिईरहनु भएको छ ।
गढवाको वालकल्याण आधारभूत विद्यालयलाई पालिका स्तरमै नमूना विद्यालयकोे रुपमा बिकास गर्न र अन्य विद्यालयहरुमा पनि यो बिधि अपनाई शैक्षिक गुणस्तरमा सुधार ल्याउने गाउँपालिकाको लक्ष्य रहेको बताईएको छ । सोहि अनुरुप कम्तिमा २ हप्तासम्म शिक्षा क्षेत्रका बिज्ञ मार्फत सो विद्यालयका सबै शिक्षकहरुलाई मटिभेसन क्लास संचालन गरिने योजना रहेको विद्यालयले जनाएको छ ।

