Sidha Patra आइतबार, पुष २२, २०८०

दाङ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरिय एक दिवसिय क्रीकेट छनौट प्रतियोगितामा दाङ्ग १० विकेटले बिजयी भएको छ ।

लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा भएको ग्रुप बि को चौथो खेलमा दाङले बर्दियालाई १० विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको बर्दियाले ३३.२ ओभरमै आफ्नो सम्पूर्ण विकेट गुमाएर ९४ रनमा मात्र सिमित हुन पुग्यो ।
बर्दियाका लागि सर्वाधिक हेमन्त आचार्यले ४८ रन नटआउट पारी खेले । त्यस्तै सुजल केसिले १४ रन बनाए । ७ विकेटका लागि हेमन्त र सुजलले ३४ रनको साझेदारी गरे । अन्यले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बर्दियालाई सस्तैमा समेट्न दाङका स्टाराइक बलर विर बहादुर घर्ती मगरले ९ ओभरमा २ मेडन राखी २३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै आशिस वलिले ६.२ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिए भने मिलन विसि, मोहन खत्री र विराट सिङ भण्डारीले १-१ विकेट लिए । जवाफी ९५ रनको लक्ष्य पछ्याएको दाङले १९.५ ओभरमा बिना विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । दाङलाई जित दिलाउन कप्तान सुशान्त सिङ थापाले ५५ बलमा ८ चौकाको मद्दतमा ४८ रनको योगदान दिए भने विराट सिङ भण्डारीले ६४ बलमा ३ चौकाको मद्दतमा ३२ रन बनाए । ओपनर ब्यट्सम्याननै बर्दियाका निम्ति हाबी भए । बर्दियाका बलरले विकेट गिराउन अथाह प्रयास गरेपनि दाङले बिना विकेटको क्षतीमा जित निकाल्यो ।

प्रतियोगितामा म्यान अफ दि म्याच दाङका विर बहादुर घर्ती मगर घोषित भए । यो खेलसँगै लुम्बिनी प्रदेश क्रिकेट सँगले आयोजना गरेको छनौट प्रतियोगिता सकिएको छ । प्रदेशभरीका ७ जिल्लाले सहभागी जनाएको प्रतियोगितालाई २ भागमा बिभाजन गरिएको थियो । समहु ए मा नवलपरासी, रुपन्देही, कपिलबस्तु र पाल्पा समाबेस थिए भने समूह बि मा दाङ, बाँके र बर्दिया थिए । यसअघि समूह ए बाट नवलपरासी फाईनलमा पुगेको थियो भने समूह बि बाट बाँके फाईनलमा स्थान बनाएको छ । यी दुई जिल्ला बिच २२ गते भैरहवामा फाईनल प्रतिष्प्रधा हुनेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]