
Gsbus
Jsbus
Ddhbs
Rbs
Ssbus
syysr
dsbus
Nssbus7
Bksbus5
Pbu
Ratbs
gms
Amb
Syees
Csbus
Gsl

Ggd
Ksm
Pvg
Hal
Rgs
Rsb
Rgu
Tsm
Rgu
Wsp
Gst
Sls
Bbu
Ssm
nsb
Bbbpu
Vor
Asm
Sbs

Jmb
Rpp
Rmb
Mks
Bml
Abd
Gsb
Pls
bbt
Ptm
Jmb
sab
Syp
दाङ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीको २६ औँ वार्षिक उत्सव समारोह कार्यक्रम सोमबार भव्य साथ सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि घर्तीले अहिलेको शिक्षा प्रणालीमा सुधारको आवश्यक रहेको बताउनु भएको छ ।
त्यस्तै उहाँले वर्तमान शिक्षा प्रणालीमा सुधार गर्दै पढेका युवा-युवतीलाई पढिसकेपछि स्वदेशमै केही गर्ने ज्ञान दिने शिक्षा आवश्यक रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घर्तीले अहिलेको शिक्षा सिद्धान्तमा मात्रै सीमित हुँदै गएको बताउनु भएको हो । हामीले संघीय सरकारको शिक्षा ऐन पर्खिरहेका छौँ । संघीय शिक्षा ऐनको गाइड लाइनमा टेकेर प्रदेश शिक्षा ऐन बनाउने तयारीमा छौँ, यो विषय हामी सबैले महसुस गरिरहेको विषय हो, यसमा सबै गम्भीर हुनै पर्ने बेला भएको उहाँले बताउनु भयो । राज्यको नीति निर्माण तहदेखि घरपरिवार,अभिभावक,टोल,समाजको पनि उत्तिकै सकारात्मक भूमिका आवश्यक छ,उहाँले भन्नु भयो ।
यस्तै कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका केन्द्रीय सचिव यादव गिरीले शिक्षा क्षेत्रमा निजी विद्यालयको ठुलो योगदान भएपनि राज्यले मूल्याङ्कन गर्न नसकेको बताउनु भयो । शैक्षिक उन्नयनका लागि पूर्वाधार विकास,विद्यार्थीमैत्री वातावरण,शैक्षिक सुधारका लागि लगानी र योगदान भएको भएपनि राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण विभेदकारी रहेको सचिव गिरीले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका सूचना अधिकारी नारायण पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले बालबालिकालाई राम्रो बनाउँदै रचनात्मक र सिर्जनशील बनाउन खेलेको भूमिकामा अभिभावकको पनि साथ हुनु पर्ने बताउनु भएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल मान सिंह घर्ती मगरले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यस्तै उक्त कार्यक्रममा मनोसामाजिक विमर्शकर्ता पुरुषोत्तम गौतम र लागूऔषध नियन्त्रण अभियन्ता तथा गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुनल मगरले लागुऔषध दुर्वेसनी नियन्त्रण सम्बन्धि जनचेतनामूलक सन्देश दिदै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी गोरखा ग्रुपका प्रमुख प्रशासकीय अधिकृत नवल सिंह जिएमले स्थापनाकालदेखि हालसम्मको शैक्षिक अवस्थाबारे र शिक्षण सिकाइ तथा सैधान्तिक ज्ञान र ब्यबहारिक ज्ञान सम्बन्धि विद्यालयले पठनपाठन गराइरहेको भनि कार्यक्रममा जानकारी गराउनु भएका थियो । गोरखा माध्यमिक विद्यालय घोराहीमा हाल २८ सय विद्यार्थी अध्ययनरतरहेका छन् ।
त्यस्तै कार्यक्रममा विद्यार्थीले नृत्य,नाटकसँगै विद्यार्थीद्वारा निर्माण गरिएका चित्रकला,विज्ञान सामग्रीको प्रदर्शनी गरिएको थियो भने कार्यक्रमको संचालन शिक्षकद्वय शोभाकर पन्थी र थम्मन बस्नेतले गर्नु भएको थियो ।


