
nsm
tssbus
Ssbus
ssbus
Gsl
Sssbus1
Sssbus1
Ssbus
Ssbus
Pbu

Rsb
Ssm
Hal
Rgs
Tsm
nsb
Ksm
Ggd
Bbbpu
Sls
Rgu
Wsp
Sbs
Gst
Asm
Pvg
Bbu
Vor
Rgu

Bml
sab
Jmb
Abd
Syp
Mks
Ptm
bbt
Gsb
Rmb
Jmb
Pls
Rpp
दाङ । विद्युत महशुल नबुझाउने दाङको घोेराही सिमेन्ट उद्योगसहित चार उद्योगको विद्युत काटिएको छ ।
लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका उद्योगको लाइन शुक्रबार साँझदेखि काटिएको हो । साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो ।
त्यस्तै प्राधिकरणका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ । प्राधिकरणका अनुसार जगदम्बाले मात्रै चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले एक अर्ब ९४ करोड, घोराही सिमेन्टले एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ ।
यस्तै प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ । पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ । महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो ।
