
Gsl
Bs1
Pbu


आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, उनले भनिन्।
उनले उक्त निर्णय कार्यान्वयनमा लैजाने प्रक्रिया केही दिनमै सुरू हुने बताइन्।
‘आज निर्णयमात्रै भएको हो र यसलाई बन्द गर्न केके गर्नुपर्ने हो मन्त्रालयले प्रक्रियामा लैजान्छ’, उनले भनिन्।
