
nsm
Sssbus1
Ssbus
Ssbus
Pbu
ssbus
Sssbus1
Ssbus
tssbus
Gsl

Rgs
Sls
Bbbpu
Gst
Rgu
Bbu
Pvg
Wsp
Sbs
Tsm
nsb
Vor
Rsb
Ggd
Ssm
Rgu
Ksm
Hal
Asm

Gsb
Jmb
Mks
Rmb
Pls
Ptm
Jmb
Rpp
Syp
Abd
bbt
sab
Bml
दाङ । केही दिन अघि लमही नगरपालिका वडा नम्बर ७ मा १६ दिनकाे सुत्केरी आमाले आफ्नै नवजात शिशुलाई घाइते बनाएकाे अवस्थामा घटना सार्वजनिक भएको थियो ।
त्यसपछि प्रहरीले घटनाकाे अनुसन्धान अघि बढाएको थियो। घाइते शिशुलाई उपचारको लागि बुटवल पठाइएको थियाे। आमालाई वडा प्रहरी कार्यालयमा राखिएको थियो तर ती आमा एकसुरे हुने, नबाेल्ने, कुनै प्रतिक्रिया नदिने अवस्था भएपछि आमाकाे पनि उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइयो। नवजात शिशु र आमाकाे उपचार चलिरहेको थियो तर उपचार गर्न आर्थिक संकट आइलाग्या थियाे।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठकाे बिशेष पहलमा उपचारलाई सहयाेग पुग्ने उदेश्यले सहयाेग संकलन अभियान चलाइएको थियो। स्थानीय जनप्रतिनिधि,उद्योगी व्यवसायी, समाजसेवीहरुले ५८ हजार १ सय ४५ रुपैयाँ सहयाेग गरिसक्नु भएको थियो।
उपचारमा आर्थिक अभाव हुँदा छट्पटीमा रहेकाे लमही नगरपालिका वडा नम्बर ७ काे नवजात शिशुकाे बुवा शिव प्रसाद चौधरीलाई हस्तान्तरण परिवारलाई फेरी उठेको रकम ९६ हजार नौ सय चालिस र देउखुरी उघोग वाणिज्य संघबाट थप रकम ३ हजार तिन सय सठ्ठी गरि एक लाख संकलन गरेर हस्तान्तरण गरिएको छ ।
मंगलबार आज लमही नगरपालिका प्रमुख जाेगराज चाैधरीले परिवारलाई साे रकम हस्तान्तरण गर्नु भएको हो । याे अभियानमा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी, लमही नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष माेहन गिरी लगायत सम्पूर्ण जनप्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा सबैकाे उल्लेखनीय भूमिका रहेको छ ।
