
Csb
Bsn
Ksb
Nsb
Gsb
Rks
Ksb
Rsb
Ksb
Ssb
Ppu
Ssb
Usb
Tgp

Tsb
Ssb
Hl1
Gsb
Usb

ptl
Nps
Rgu
दाङ । देउखुरीको गढवा गाउँपालिकाले जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पले जनधनको क्षति गरेपछि स्थानीय सरकारले सहयोग गर्ने क्रम बढेको छ।
त्यस्तै पालिकाका सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी तथा शिक्षकहरुबाट एक दिनको सेवा सुविधा वा पारिश्रमिक बराबरको रकम पनि सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
