
Ssbus
Ssbus
nsm
Ssbus
Gsl
Sssbus1
Sssbus1
Pbu
tssbus
ssbus

Pvg
Sbs
Ssm
Vor
Rsb
Tsm
Asm
Ksm
Rgs
Rgu
Gst
Bbbpu
nsb
Hal
Sls
Rgu
Bbu
Wsp
Ggd

bbt
Rmb
Pls
Syp
Mks
Jmb
Bml
Ptm
Jmb
Abd
sab
Rpp
Gsb
दाङ । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आईतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिक तर्फका कर्मचारी गरि १३ सय ६६ जनाको एक दिनको तलब कटाएर जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
यहीँ कार्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भुकम्पले ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिमका नागरिकहरुको उद्धार र पुर्नःस्थापनाका लागि १५ लाख रुपैयाँ पठाउने निर्णय भएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनु भयो ।
त्यस्तै नगर कार्यपालिका बैठकले भुकम्पमा परि दिबंगत हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस दुखद घडिमा शोकाकुल परिवारजनमा गहिरो समबेदना समेत प्रकट गरिएको छ ।
