
Gsb
Rks
Ssb
Ppu
Bsn
Csb
Nsb
Ksb
Ssb
Tgp
Usb
Rsb
Ksb
Ksb

Gsb
Usb
Ssb
Hl1
Tsb

ptl
Rgu
Nps
दाङ । नेकपा एमाले दाङले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि राहत स्वरुप ५० रुपैया अभियान सुरु गरेको छ ।
एमाले दाङका उपाध्यक्ष राममणी पान्डेको अध्यक्षता तथा नेकपा एमालेक केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य मेनका पोख्रेलको प्रमुख आतिथ्यमा सोमबार घोराहीमा बसेको जिल्ला कमिटीको विशेष बैठकले अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै भुकम्प पीडितका लागि तत्काल राहत सहयोग उपलव्ध गराउनु पर्ने भएकाले पार्टीका हरेक सदस्यलाई ५० रुपैयाँका दरले रकम सङ्कलन गर्न निर्देशन गरिएको छ । नेकपा एमाले दाङका १२ हजार २ सय ५८ संगठित सदस्य छ्न । सबै संगठित सदस्यहरुलाइ आ-आफ्नो पालिका कमिटीमा सहयोग रकम दुई दिनभित्र जम्मा गरिदिन निर्देशन गरिएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै उहाँले राहत रकम संकलन सुरु भैसकेको र मानवीय सहयोगका लागि नेता,कार्यकर्ता, सुभेच्छुकहरुलाइ अनुरोध समेत गर्नु भएको छ ।
