
Pbu
Ddhbs
Rbs
dsbus
Bksbus5
Gsl
Nssbus7
Ssbus
Ratbs
Amb
Jsbus
Gsbus
Csbus
gms

Rgu
Rsb
nsb
Rgu
Asm
Pvg
Bbbpu
Rgs
Ssm
Sls
Hal
Gst
Wsp
Bbu
Tsm
Ggd
Vor
Ksm
Sbs

sab
bbt
Ptm
Pls
Syp
Jmb
Gsb
Rmb
Jmb
Abd
Mks
Bml
Rpp
बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने एसिया छनोटको फाइनल खेलमा नेपाल र ओमान आमनेसामने हुनेछन्।
नेपालले मुलपानी मैदानमा भएको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।
एसिया छनोटमा ८ देशहरूलाई दुई समूह विभाजन गरी खेलाइएको थियो। नेपाल र ओमान समूह ‘ए’ बाटै फाइनल पुगेका हुन्।
ओमान समूह विजेता र नेपाल उपविजेता हुँदै फाइनल प्रवेश गरेको थियो। समूह चरणमा नेपाल ओमानसँग पराजित भएको थियो।
समूह चरणको अन्तिम खेलमा भएको हारको बदला ओमानसँग लिँदै एसिया छनोटको उपाधि जित्ने लक्ष्यमा नेपाल हुनेछ।
दुबै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० विश्वकप खेल्नेछन्।
नेपाल र ओमान टी-२० क्रिकेटमा अहिलेसम्म पाँचपटक आमनेसामने भएका छन्। त्यसमा तीन खेल नेपाल र २ खेल ओमानले जितेको छ।
ओमानलाई उसकै घरेलु मैदानमा तीन पटक पराजित गरेको छ।
घाइते भएका नेपाली टिमका अलराउण्डर दीपेन्द्र सिंह ऐरी सेमिफाइनल खेलबाट मैदान फर्किसकेका छन्। ओमानविरूद्धको खेलमा ऐरीको स्थानमा खेलेका विवेकुमार यादवले पनि उत्कृष्ट ब्याटिङ गरेका थिए।
सोही खेलका आधारमा सेमिफाइनल खेलमा सन्दीप जोरालाई हटाएर विवेकलाई स्टार्टिङ इलाभेनमा राखिएको थियो।
आज हुने खेलको टिकट बिक्रीबाट उठेको ५० प्रतिशत रकम जाजरकोट भूकम्प पीडितहरूलाई दिने क्यानले घोषणा गरिसकेको छ।
