
Ssbus
tssbus
Pbu
ssbus
Sssbus1
nsm
Ssbus
Gsl
Ssbus
Sssbus1

Hal
Ggd
Rgu
Rsb
Pvg
Rgs
Wsp
Vor
Sls
Rgu
Tsm
Asm
Bbu
Gst
Bbbpu
nsb
Ksm
Ssm
Sbs

bbt
Jmb
Bml
Rmb
Rpp
Syp
Mks
Pls
Gsb
Ptm
sab
Jmb
Abd
दाङ । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनु भयो ।
उक्त रकम प्रदेश विपद कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ । साथै लुम्बिनी प्रदेश सरकारले प्रभावित जिल्लामा उद्धारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको एक टोली पठाउने निणर्य समेत गरेको छ ।
त्यस्तै प्रदेश सरकारले यसअघि शनिबार बिहान राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । लुम्बिनी प्रादेशिक अस्पतालबाट ५ जना चिकित्सकको टोली पनि पठाइसकेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।
