
dsbus
gms
Bksbus5
Amb
Gsbus
Pbu
Jsbus
Gsl
Ddhbs
Nssbus7
Rbs
Ssbus
Csbus
Ratbs

Asm
Pvg
Rsb
Rgu
Gst
Wsp
Rgs
Sls
Sbs
Ssm
Tsm
Bbu
Ksm
Vor
Hal
Bbbpu
Rgu
nsb
Ggd

Mks
Rmb
Syp
Jmb
bbt
Jmb
Rpp
Bml
Abd
Gsb
Pls
sab
Ptm
दाङ । दाङको घोराही उपमहानगरपालीका वडा नं १ बुकामा यहीँ कार्तिक २२ गतेदेखि दोस्रो चरीङगे कप सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ ।
गत बर्षदेखि द युनाइटेड युथ क्लब बुकाले सेभेन चरीङगे कप ए साइड फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसै अन्तर्गत दोस्रो प्रतियोगिताको रुपमा यहीँ २२ गतेदेखि प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका सचिव रोशन महराले बताए ।
स्वास्थ्यका लागि खेलकुद, र घोराही १ बुकामा रहेको चरीङगे दहलाई स्थानीय स्तरमा परिचित गराउने उद्धेश्यले विभिन्न संघ,संस्थाको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागिएको हो । मोफसलमा फुटवल खेललाई बचाईराख्न र नवप्रतिभावान् खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्य पनि रहेको द युनाइटेड क्लवका सचिव महराले बताए ।
सचिव महराले उक्त प्रतियोगितामा घोराही उपमहानगरपालिका भित्रका १९ ओटै वडाबाट प्रतियोगितामा भाग लिन पाउने जानकारी दिएका छन । उक्त प्रतियोगिताको विजेताले नगद रु १५ हजार,ट्रफी, मेडल र प्रमाण–पत्र पाउने क्लबका अध्यक्ष फनाधर पोख्रेंलले जानकारी दिएका छन ।
प्रतियोगितामा भाग लिन यहीँ १९ गतेसम्म समुह दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शुल्क रु १५०० रहेको पनि क्लब सबैमा आह्वान गरेको छ । टिम दर्ता र थप जानकारीको लागि ९८०६२१८४४३ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।
