
Ksb
Ksb
Tgp
Bsn
Ppu
Nsb
Rsb
Rks
Ssb
Ksb
Ssb
Csb
Gsb
Usb

Gsb
Hl1
Usb
Tsb
Ssb

ptl
Nps
Rgu
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप क्रिकेट छनोटमा नेपाल र यूएईबीचको खेलका लागि ३५ सय टिकट मात्र बिक्रीमा राखेको छ ।
नेपाल र यूएईबीचको खेल भोलि शुक्रबार मुलपानी क्रिकेट मैदानमा हुँदैछ । मैदानमा दर्शकलाई बस्ने प्रयाप्त स्थान नभएकाले क्यानले ३५ सय टिकट मात्र बिक्रीमा राखेको हो ।
क्यानले एक सूचना निकालेर मैदान वरपर टिकट काट्नका लागि कुनै बुथ नराख्ने भन्दै ती टिकट आईएमईपे मार्फत अनलाइन काट्न आग्रह पनि गरेको छ । क्यानले आफ्ना अतिथिहरुका लागि मुलपानीको लागि कुनै पनि पास वितरण नगर्ने पनि स्पष्ट पारेको छ ।
त्यस्तै क्यानले सबै समर्थकलाई मुलपानीमा नगई घरमै बसेर टेलिभिजिन र अनलाइनमा खेल हेर्न पनि समर्थकहरुलाई आग्रह गरेको छ ।
