
tssbus
Ssbus
Pbu
Ssbus
Ssbus
nsm
Sssbus1
Sssbus1
Gsl
ssbus

Hal
Ksm
Rgs
Gst
Wsp
Vor
Bbu
nsb
Rgu
Asm
Tsm
Ggd
Bbbpu
Ssm
Sls
Rgu
Pvg
Sbs
Rsb

Jmb
Syp
Ptm
bbt
Abd
Mks
Rpp
sab
Jmb
Rmb
Pls
Gsb
Bml
दाङ । प्रहरीले कानुनकाे डण्डा मात्रै हाेइन, मानवीय संकटमा सहयाेगकाे हात पनि अघि बढाउछ भन्ने उदाहरण लमही प्रहरीले देखाएको छ ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठकाे संरक्षकत्वमा एउटा नवीनतम मानवीय सहयाेग सुरु भएको छ । केही दिन अघि लमही नगरपालिका वडा नम्बर ७ मा १६ दिनकाे सुत्केरी आमाले आफ्नै नवजात शिशुलाई घाइते बनाएकाे अवस्थामा घटना सार्वजनिक भयाे ।
त्यसपछि प्रहरीले घटनाकाे अनुसन्धान अघि बढायाे । घाइते शिशुलाई उपचारको लागि बुटवल पठाइयाे । आमालाई वडा प्रहरी कार्यालयमा राखियाे । तर ती आमा एकसुरे हुने,नबाेल्ने,कुनै प्रतिक्रिया नदिने अवस्था भएपछि आमाकाे पनि उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइयाे । नवजात शिशु र आमाकाे उपचार चलिरहेको छ । तर उपचार गर्न आर्थिक संकट आइलाग्याे ।
अहिले प्रहरी निरीक्षक श्रेष्ठकाे बिशेष पहलमा उपचारलाई सहयाेग पुग्ने उदेश्यले सहयाेग संकलन अभियान चलाइएको छ । स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी,समाजसेवीहरुले ५८ हजार १ सय ४५ रुपैयाँ सहयाेग गरिसक्नु भएको छ ।
त्यस्तै थप सहयाेग गर्न इच्छुक व्यक्तिहरुलाइ लमही-७ का वडा अध्यक्ष माेनह गिरी र देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीकाे संयुक्त खाता नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमहीमा सञ्चालन गरिएको छ । यस खातामा शुक्रबारसम्म रकम जम्मा गर्न सकिन्छ ।



