Sidha Patra बुधबार, कार्तिक १५, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् ।

नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए ।

त्यसअघि सोही दिन दिउँसो लुम्बिनी क्षेत्रको भ्रमण गरी उनले विश्व शान्तिमा नेपालको योगदानको चर्चा गर्दै युद्धरत मुलुकहरुलाई शान्ति कायम गर्न आह्वान गरेका थिए । नेपालमा रहँदा उनले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरे । त्यहाँबाट उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै उनले संघीय संसदमा पनि जलवायु परिवर्तनको असरबारे बोल्दै जलवायु परिवर्तनको संकटमा नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिदिएका छन् । नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता समेत गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]