
Pbu
Srbpu
Lnp
Rgp1
Rgp
pku
Sgr
Ggp
Unsku

Sls
Rgu
nsb
Sbs
Rgs
Gst
Ssm
Vor
Bbu
Asm
Ksm
Wsp
Ggd
Tsm
Bbbpu
Pvg
Rsb
Hal
Rgu

Gsb
Ptm
bbt
Jmb
sab
Syp
Mks
Rpp
Pls
Jmb
Abd
Bml
Rmb
काठमाडौं । काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।
केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।
अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो । ‘जति धेरै पेट्रोल भर्यो उति धेरै पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको अनुगमनमा भेटियो,’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘५ लिटर पेट्रोल भर्दा ठिकै देखियो । १० लिटर भर्दा मापदण्ड भन्दा ३ एमएल कम आयो । तर, १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम तेल दिने गरेको देखियो ।’
त्यस्तै सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगLमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो । मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।अनलाइनखबर
