
Ggp
Sgr
Srbpu
Lnp
pku
Pbu
Unsku
Rgp1
Rgp

Hal
Ksm
Tsm
Rsb
Vor
Rgu
Gst
Ggd
Ssm
Rgs
nsb
Sbs
Pvg
Asm
Bbbpu
Bbu
Sls
Wsp
Rgu

Ptm
Jmb
Jmb
Mks
Pls
Rmb
Bml
bbt
Syp
Abd
Gsb
Rpp
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सञ्चालन गरेको बजार अनुगमन कार्य जारी रहेको छ। पालिकाले साेमबारदेखि बजार अनुगमन कार्य जारी राखेको हाे ।
गाउँपालिकाले आउदै गरेको चाडपर्वहरुलाई लक्षित गरि बजार अनुगमन कार्य गरेको छ। अनुगमनको दाेस्राे दिन आज बुधबार भालुवाङ्ग,पुलचाेक बजार र लालमटिया बजार अनुगमन गरिएको छ ।
विशेष गरि म्याद नाघे/ ननाघेको, मूल्य सुचि राखे/ नराखेको र कालोबजारी रोकथामका लागि बजार अनुगमन गरिएको हो ।
केही पसलहरुमा मूल्य सूचि नराखेको पाइएकाले त्यस्ता पसलहरुलाई तत्काल मूल्य सूचि राख्न आग्रह गरिएको पालिकाका आर्थिक विकास समितिका संयोजक जिवराज पाैडेले जानकारी दिनु भएको छ।
त्यस्तै अनुगमनका क्रममा केही पसलहरु बाट म्याद नाघेका खाद्य बस्तुहरु समेत जफत गरिएको छ । राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयाेजक कमलापति चाैधरीको नेतृत्वमा बजार अनुगमन गरिएको हाे।
अनुगमनमा पालिकाका आर्थिक विकास समितिका संयोजक तथा पशुसेवा शाखा प्रमुख जिवराज पाैडेल, कृषि विकास शाखाकी प्रविधिक निर्मला गिरी, पशु सेवा प्राविधिक शेरबहादुर हमाल, इलाका प्रहरी कार्यालय भालुवाङ्गका असई शालिकराम पाेख्रल र पत्रकार ओमप्रकाश गुप्ताकाे सहभागीता रहेको थियो।
यस्तै पालिकाले गत महिना मात्रै सञ्चालन गरेको करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान बाट ३२ लाख २४ हजार ९ सय पचास रुपैयाँ राजश्व संकलन गरेको थियो भने विभिन्न पसलहरुबाट १ लाख बढी मूल्यको म्याद नाघेको खाद्य बस्तुहरु जफत गरि नष्ट गरेकाे थियो।
