
Unsku
Pbu
Lnp
Rgp
Srbpu
Ggp
pku
Rgp1
Sgr

Vor
Rgs
Ggd
Bbu
Sbs
Bbbpu
nsb
Ssm
Hal
Gst
Asm
Tsm
Sls
Rgu
Rgu
Ksm
Pvg
Wsp
Rsb

Pls
Jmb
sab
bbt
Ptm
Rmb
Bml
Jmb
Gsb
Rpp
Abd
Syp
Mks
दाङ । पतन्जली योग समिती गढवाले गत बैशाख ३० देखि सुरु गरेको नि:शुल्क योग शिविर निरन्तर चली रहेको छ ।
समितिले आज एक कार्यक्रमको आयोजना गरि पाँच महिनाको अवधिमा सबै भन्दा बढी हाजिर हुने सहभागीलाई रामनामी ओढाएर सम्मान गरेको अध्यक्ष राम नरेश यादवले जानकारी दिनुभयो ।
यसरी सम्मानित हुनुहुनेमा गढवा ६ निवासी निमा पाण्डे रहनु भएको छ । उहाँ पाच महिनाको पिरियडमा १२४ दिन योग शिविरमा सहभागी हुनु भएको समितिले जनाएको छ । यसैगरी १२२ दिन हाजिर भएर दोश्रो हुनु भएको छ- गढवा ६ निवासी शिवा ओलि भने ११४ दिन हाजिर भै तेश्रो स्थान प्रप्त गर्नु भएको छ गढवा ६ निवासी सीता पौडेल । बुधवार उद्योग बाणिज्य संघको सभाहलमा उत्कृष्ट हाजिर हुनुहुने निमा पाण्डे लगाएत सबैलाइ समितिले सम्मान गरेको छ ।
मानव स्वास्थ्यका लागि योग निकै महत्त्वपूर्ण मानिन्छ । योगले स्वस्थ्य र निरोगी बनाउछ भने रोग लागेकालाइ पनि सन्चो गराउदै जान्छ । नियमित ब्यायाम र प्रणायामले मानव शरिरको रगत बाक्लो हुन दिदैन । रगत बाक्लो भयो भने मानव शरिरमा विभिन्न किसिमका रोगहरुले आक्रमण गर्न सुरु गर्छन । योगले शारीरिक स्फुर्ती बढाउनुको साथै मानव शरिरमा युम्युनिटी पावर बढाउछ र रोगहरुले आक्रमण गर्न सक्दैनन : योगगुरु तथा पतन्जली योग समिती दाङका महिला अध्यक्ष साहाना श्रेष्ठले बताउनु भयो ।
यसर्थ योग गरौ! स्वस्थ्य र निरोगी बनौ । यसमा कुनै पैसा लाग्दैन,, नि: शुल्क सिकाइन्छ योग समिती गढवाका अध्यक्ष तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सरकारका सचिव रामनरेश यादवले भन्नुभयो ।

