
Ggp
Lnp
Srbpu
Unsku
Rgp1
Pbu
Sgr
pku
Rgp

Rgu
Bbu
Hal
Tsm
Gst
Wsp
nsb
Bbbpu
Pvg
Sbs
Rsb
Sls
Rgu
Ggd
Vor
Ksm
Asm
Ssm
Rgs

Bml
Ptm
Jmb
Jmb
Rmb
Gsb
Pls
Rpp
Abd
Mks
sab
bbt
Syp
कपिलवस्तु । शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगर को निलकण्ठ होटलमा एक कार्यक्रमका बिच बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
शान्ति पुनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराई को अध्यक्षता तथा प्रमुख अतिथिमा जिल्ला समन्वय समिति प्रमुख बाबुराम अचार्य,विशिष्ट अतिथिमा शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी थारु,कृष्णनगर नगरपालिकाकी उपमेयर आरती देवी चौधरी,नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरनमान बज्राचार्य,अतिथिमा इप्रका कृष्णनगरका प्रहरी निरिक्षक लम्मण ओलु,सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक रमेश थापा मगर,उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता,प्रकाश मरासिनी,जय प्रकाश पाण्डेय,बिष्णु प्रसाद खतिवडा,लेखनाथ घर्ती,कमल जिसी,शुशीला बेल्वासे,वडाध्यक्ष कृष्ण कुमार गुप्ता लगायत अन्य रहेका थिए।
शान्ति पुनर्स्थापना गृहका क्षेत्रिय संयोजक निर्मल सुवेदीले कार्यक्रममा शुभकामना मन्तव्य राखनुभयो। कार्यक्रममा खुल्ला सत्रमा उपस्थित हरूले आ आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अचार्य ले मानव बेचविखनको बिरूद्ध सबै क्षेत्रका व्यक्ति लागे मात्र
मानव बेचबिखन रूक्ने बताए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शिव कुमारीले क्षेत्र नं ३ का पालिकाहरू मिलेर मानव बेचविखनमा परेका लाई पुनर्स्थापना केन्द्र खोज्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक लक्ष्मण ओलीले कार्यक्रम सफलताको शुभकामना दिदै शान्ति पुनर्स्थापना गृह (PRC) ले राम्रो काम गर्दै आएको र मानव बेचविखन बिरूद्ध आफूहरूबाट हुने हरेक सहयोग गर्न तयार रहेको बताए । मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठांउबाट ३५६ जनाको उद्धार गरेको जानकारी शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक बसन्ती जीसी ले बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा जानकारी दिनुभयो।
आज सामाजिक लेखा परीक्षण कार्यक्रममा मानव बेचविखन हुने प्रमुख कारणहरु अवसरको खोजी, भारत हुदै तेस्रो मुलुक जाने, आर्थिक प्रलोभन, जागिर गर्न जाने, नेटवर्किंग बिजनेस लगायत अन्य रहेको जानकारी क्षेत्रिय संयोजक निर्मल सुबेदीले दिए । शान्ति पुनर्स्थापना गृह (PRC) ले परामर्श दिएको ७०७४ मध्ये कपिलवस्तु जिल्लाको १७३०, अर्घाखाँचीका ९९४, प्यूठानका ७१५, रूपन्देही ५९९ , गुल्मीका ४७३ जना रहेको जानकारी गराइएको छ। तथा नेपालका ७६ जिल्ला बाट आएका व्यक्तिहरु लाई परामर्श दिएको छ।
शान्ति पुनर्स्थापना गृह (PRC) ले ३५६ जना लाई उद्धार गरिएको जस्मा ५४ जना कपिलवस्तु जिल्लाका, ५२ अर्घाखाँची, ३६ प्यूठानका, ३५ जना दाङका, ३० रूपन्देही, २६ गुल्मी, २१ जना रोल्पाको तथा २५ जना भारतको विभिन्न ठांउबाट उद्धार गरिएको जस्मा १६ जना भारतको वस्ती बाट बालक हरू रहेको , ६ जना बालक हरू लाई भारतको लखनऊ बाट, १ जना लाई भारतको गुजरात तथा १ जना सिमलाको मंशूरी बाट, १ जना महिला लाई भारतको गोरखपुर बाट उद्धार गरिएको जानकारी कार्यक्रममा गराइएको थियो । साथै ३ जनालाई शान्ति पुनर्स्थापना गृह (PRC) को केन्द्रीय कार्यालयमा पुनर्स्थापना का लागि पठाएको तथा २ जना लाई अन्य संस्थामा पुनर्स्थापनाका लागि पठाइएको जानकारी गराइएको छ।
त्यस्तै शान्ति पुनर्स्थापना गृह (PRC) संस्था कपिलवस्तुमा मानव बेचविखन विरूद्ध राम्रो काम गर्दै आएको तथा बेचविखनमा पर्न सक्ने सूचना पाउन साथ भारतको विभिन्न ठांउमा पुगेर सरोकारवाला संग समान्वय गरि उद्धार गर्ने गरेको स्थानीय समाजसेवी हरू बताए।
