
Lnp
Ggp
Rgp
Srbpu
Pbu
Rgp1
Unsku
pku
Sgr

Pvg
Sls
nsb
Rgs
Sbs
Rgu
Gst
Ssm
Rsb
Hal
Rgu
Bbu
Bbbpu
Tsm
Asm
Ggd
Ksm
Vor
Wsp

Rpp
Mks
Jmb
bbt
Rmb
Abd
Pls
Syp
Bml
Jmb
Ptm
sab
Gsb
दाङ । हिन्दुहरुको महान पर्व बडा दशैको अवसरमा देउखुरीको लमही नगरपालिकाले दशै मिलन कार्यक्रम मनाएको छ ।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले चाडबाडले सबै नेपालीहरुलाई एकसुत्रमा बाध्न मद्धत गर्ने बताउनु भयो । पर्वलाई सस्कार र संस्कृतीको जगेर्ना हुनेगरी चाडबाड मनाउन सबै नगरबासीहरुमा नगर प्रमुख चौधरीले आग्रह गर्नु भयो ।
त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले नेपालीहरुको महान चाड घरघर भित्री सकेको भन्दै सबै नगरबासीहरुमा सुख शान्ती समृद्धिको कामना गर्नु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले नेपालीहरुको महान चाडले सबैको मनोकामना पूरा गरोस,सबैलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गर्नु भयो ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले व्यवासायीहरुको हक हितका लागि आफुले पहल थाल्ने बताउनु भयो । स्थानीय सरकारसंग सहकार्य समन्वय गरेर देउखुरी उद्योग वाणिज्य संघ अगाडी बढ्ने समेत उहाँको भनाई छ ।
नगरपालिकाले भर्खरै निर्वाचित भएका देउखुरी उद्योग वाणिज्य संघका पदाधिकारीलाई स्वागत सम्मान समेत गरेको छ । गतवर्ष गढवा गाउँपालिकामा आयोजित फुटबल र गोरखा मोडेल स्कुलले आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम विजेता भएको लमही नगरपालिकाको टिमलाई सम्मान गरिएको छ ।
पत्रकार भानु जोशी, वडा नम्बर -३ का वडाअध्यक्ष मनोज कुमार चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो ।
